नराम्ररी भड्किए कमल थापा, नयाँ पार्टी खोल्ने तयारी !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी निवर्तमान अध्यक्ष कमल थापाले पुस २७ गतेबाट हिन्दु राष्ट्रको पक्षमा अभियान सुरु गर्न लागेको भन्दै पार्टीका अन्य नेताहरूसँग सहयोग मागेका छन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेन र पूर्वराजा ज्ञानेन्द्र शाहप्रति असन्तुष्ट थापाले बुधबार राजधानीमा राप्रपाका नेताहरूको भेला राख्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका विषयमा अभियान चलाउने बताएका हुन्।

राजाको उक्साहटमा अध्यक्ष लिङ्देन सक्रिय भएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर उनले लैजान नसक्ने धारणा राखेका थिए। आफूहरू पार्टी एकताको पक्षमै रहेको दाबी गर्दै त्यसका लागि नेतृत्व तयार नदेखि नयाँ पार्टी स्थापना गरेर पनि जना सकिने बताएका थिए। ‘संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षमा अभियान सञ्चालन गर्ने उहाँ(थापा)ले बताउनुभयो,’ सहभागी एक नेताले भने, ‘होइन राजाले पेल्दै अघि बढे राजतन्त्र बोकेर हिँड्नुपर्छ भन्ने नभएको आसय थियो।’

स्थानीय निर्वाचनअघिको केही समय अभियानका रूपमा सक्रिय हुने बताएका थापाले त्यसपछि आवश्यक परेमा नयाँ पार्टी स्थापना गर्न सकिने बताएको सहभागि एक नेताले बताए। ‘स्थानीय तहको निर्वाचन अघि नयाँ पार्टी खोल्ने उहाँको आश देखिन्छ,’ सहभागि एक नेताले भने, ‘हामी त्यसलाई रोक्न लागि पारेका छौं।’

पार्टी अध्यक्षमा पराजित भएका थापाले पुस २७ गते थापा गाउँमा रहेको एक पार्टी प्यालेसबाट नयाँ अभियान सुरु गर्ने जनाउँदै आएका छन्। राजतन्त्र र हिन्दु राष्ट्रको एजेन्डा उठाउँदै आएका थापाले पूर्व राजा ज्ञानेन्द्र शाहका कारण आफु राप्रपाको अध्यक्षमा पराजित भएको आरोप लगाउँदै आएका छन्। त्यस विषयमा पार्टी अध्यक्षलाई पत्र लेखेर थापाले छानविन गर्न माग गरेका छन्।

प्रकाशित : बिहिबार, पुष २२, २०७८०९:५२

देउवाको एकलौटी विरुद्ध डटेर लाग्ने भए शेखर !