क्रिस्टियानो रोनाल्डो र डेभिड बेकह्याम पेरिस सेन्ट जर्मेनका सुपरस्टार लियोनल मेस्सीलाई पछि पार्दै विश्वका धनी फुटबलरको सूचीमा परेका छन्। सन् २०१३ मा फुटबलबाट सन्यास लिएका बेकह्यामले म्यानचेस्टर युनाइटेड र इङ्ल्यान्डसँग आफ्नो उत्कृष्ट खेल करियरको दौडानमा उच्च स्टारडममा कमाएका थिए।
४६ वर्षीय युनाइटेड लिजेण्ड हाल एमएलएस क्लब इन्टर मायामीका सह-मालिक र अध्यक्ष र साल्फोर्ड सिटीका सह-मालिक हुन्। र बेकह्यामको एडिडास, जर्जियो अरमानी, पेप्सी, जिलेट र हाइग क्लबका जस्ता ठूला कम्पनीसँग आकर्षक प्रायोजन सम्झौताहरू पनि रहेका छन्। त्यस्तै, इङ्ल्यान्डका पूर्व कप्तानले कतारमा हुने २०२२ विश्वकपको फेस बन्नको लागि १५० मिलियन पाउण्ड प्राप्त गरेका थिए।
वेल्थी गोरिल्लाले द रिचेस्ट, सेलिब्रेटी नेट वर्थ र फोर्ब्सका शीर्ष २० धनी फुटबलरहरू, विगत र वर्तमान, तिनीहरूको नेट वर्थ अनुमान प्रयोग गरी एक डेटा कम्पाइल गरेका छन्। बेकह्यामको ४५० मिलियन नेटवर्थले उनलाई युनाइटेड सुपरस्टार रोनाल्डोसँगै स्टार-स्टडड सूचीमा राखेको छ। वेल्थी गोरिल्लाका अनुसार २०२२ मा विश्वका २० धनी फुटबलरहरूको सुची यस प्रकार छ:-
२०. रियो २०. रियो फर्डिनान्ड (सन्यास): ७५ मिलियन डलर
१९. विलियन (कोरिन्थियन्स): ७५ मिलियन डलर
१८. अर्जेन रोबेन (सन्यास): ८० मिलियन डलर
१७. सर्जियो रामोस (पेरिस सेन्ट जर्मेन): ८० मिलियन डलर
१६. एन्ड्रेस इनिएस्टा (भिसेल कोबे): ८६ मिलियन डलर
१५. रोनाल्डिन्हो (सन्यास): ९० मिलियन डलर
१४. ज्लाटन इब्राहिमोभिक (एसी मिलान): ९० मिलियन डलर
१३. डिडियर ड्रोग्बा (सन्यास): ९० मिलियन डलर
१२. शमूएल इटो (सन्यास): ९५ मिलियन डलर
११. काका (सन्यास): ९५ मिलियन डलर
१०. इडेन हाजार्ड (रियल म्याड्रिड): १०० मिलियन डलर
९. पेले (सन्यास): १०० मिलियन डलर
८. फ्रान्सेस्को टोटी (सन्यास): १०१.६ मिलियन डलर
७. ग्यारेथ बेल (रियल म्याड्रिड):१२५ मिलियन डलर
६. वेन रुनी (सन्यास): १४५ मिलियन डलर
५. अलेक्जान्डर पाटो (ओर्ल्यान्डो सिटी): १४५ मिलियन डलर
४. डेभ व्हेलन (सन्यास): २२० मिलियन डलर
३. लियोनेल मेस्सी (पेरिस सेन्ट जर्मेन): ४०० मिलियन डलर
२. डेभिड बेकह्याम (सेवानिवृत्त): ४५० मिलियन डलर
१. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड): ४५० मिलियन डलर