२०२२ मा मेस्सीका ४ प्रमुख चुनौती: ८ औं ब्यालोन डी ओर, विश्वकप , अनि……

पेरिस सेन्ट जर्मेन स्टार खेलाडी लियोनल मेस्सीको लागि २०२२ को सुरुवात राम्रो रहेन। वर्षको सुरुवातसँग कोभिड-१९ को शिकार बनेका मेस्सी अहिले भने आइसोलेशनमा बसेपछि कोभिड-१९ नकारात्मक परिक्षण गर्दै पेरिस फर्किएका छन्। उनी अब छिट्टै क्लबको प्रशिक्षण सत्रमा पन इ भाग लिने आशा गरिएको छ। पेरिसमा विभिन्न चुनौतीहरूको लागि मेस्सी तयार रहेका छन्।

३४ वर्षीयाका लागि २०२२ आफ्नो करियरको सबैभन्दा यादगार वर्ष बन्न सक्छ, २०२१ मा उनले कोपा अमेरिका जितेर बार्सिलोना छाडेका थिए। अब पेरिस सेन्ट-जर्मेनमा र वर्षको अन्त्यमा विश्वकपमा अर्जेन्टिनी फरवार्डका लागि केही नयाँ चुनौतीहरू छन् र हामी तीमध्ये चार यहाँ छलफल गर्छौं।

लिग १ मा प्रभुत्व

‘फुटबलमा जे पनि हुन सक्छ’ भनेर भनिन्छ। तर पीएसजीले २०२१/२२ लिग १ उपाधि जित्न नसक्ने सम्भावना सबैभन्दा सानो अंश मात्र छ। लिग आधा चरणको समाप्तिमा पीएसजी तालिकाको दोस्रो स्थानमा रहेको निस भन्दा १३ अंकले अगाडी रहेको छ। यसको मतलब मेस्सी ला लिगा सान्टान्डर १० पटक जितेपछि आफ्नो संग्रहमा नयाँ लिग उपाधि पदक थप्न तयार छन्।

तर मेस्सी हरेक सिजन आफ्नो प्राभाव पार्न कतै छाड्ने खेलाडी हैनन्। यसैबीच यो सिजन भने उनले फ्रेन्च लिगमा खासै प्रभाव पार्न सकेका छैनन्। पीएसजीका लागि ११ लिग खेल खेलेका ७ पटकका ब्यालोन डी ओर विजेताले मात्र १ गोल गर्न सफल भएका छन्। ५ असिस्ट गरेपनि सबैले मेस्सी जस्तो खेलाडीबाट निकै ठूलो अपेक्षा राख्ने गरेका छन् र मेस्सी २०२२ मा पुन: पुरानो मेस्सीको अवतारमा फर्किनेछन् भन्ने आशा राख्न सकिन्छ।

क्लबका लागि पहिलो च्याम्पियन्स लिग उपाधि 

लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि मेस्सीले यस सिजन पीएसजीका लागि च्याम्पियन्स लिगमा भने निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। फ्रेन्च क्लबका लागि उनले समूह चरणका खेलहरुमा ५ गोल गरेका छन्। अन्तिम १६ मा रियल म्याड्रिडको सामना गर्ने पीएसजीलाई यस सिजन च्याम्पियन्स लिग जित्ने प्रमुख दाबेदारको रूपमा हेरिएको छ।

मेस्सी र पीएसजी रियल विरुद्धको खेल मात्र नभएर यस सिजन क्लब इतिहास कै पहिलो च्याम्पियन्स लिग जिताउने दाउमा रहेका छन्। यसको मतलब मेस्सीको नाममा ५ च्याम्पियन्स लिग हुनेछ र क्लब इतिहास मै पहिलो युरोपेली उपाधि जिताएको खण्डमा मेस्सी पीएसजीको समर्थकको नजरमा दिग्गज हुनेछन्।

विश्वकपको सपना 

मेस्सीको लागि २०२२ को अन्तिममा हुने विश्वकप उनको करियर कै अन्तिम विश्वकप हुने धेरैको विश्वास रहेको छ। आफ्नो करियरमा बाँकी एक मात्र उपाधि, विश्वकप जित्न मेस्सी २०१४ मा निकै नजिक पुगेका थिए जब अर्जेन्टिना फाइनलमा जर्मनीसँग १-० ले पराजित भएको थियो। २०२१ मा पहिलो अन्तराष्ट्रिय उपाधिको रूपमा कोपा अमेरिका उपाधि जितेका मेस्सीको काँधमा यस पटक भने पहिलेको जस्तो बोझ हुनेछैन। र यस समयमा अर्जेन्टिनी राष्ट्रिय टोली पनि निकै उत्कृष्ट देखिँदै गएको छ।

८ औं ब्यालोन डी ओर 

मेस्सीले च्याम्पियन्स लिग वा विश्वकप जितेको खण्डमा उनी पुन: एक पटक ब्यालोन डी ओर अवार्ड जित्ने प्रवल दाबेदार बन्न सक्छन्। यसो भएको खण्डमा उनीसँग वर्षको अन्तिममा आठौँ ब्यालोन डी ओर अवार्ड हुनसक्छ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१५:११

‘अप्रेसन मेस्सी’ दोहोर्याउने दाउमा पिएसजी, यी खेलाडी सित्तैमा उछिट्याउने योजना !