‘अप्रेसन मेस्सी’ दोहोर्याउने दाउमा पिएसजी, यी खेलाडी सित्तैमा उछिट्याउने योजना !

एजेनी – ट्रान्सफर मार्केटमा क्याटलान क्लब बार्सिलोनाका लागि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) समस्या पैदा गरिरहेका छन्। पछिल्ला वर्षहरुमा पिएसजीले बार्सिलोनाका धेरै महत्वपूर्ण खेलाडीहरुलाई आफ्नो क्लबमा भित्र्याइसकेको छ। त्यस्तै पिएसजीले बार्सिलोनाको टार्गेटमा रहेका खेलाडीहरुलाई छोडेको छैन।

केहि वर्ष अगाडी नेयमारलाई आफ्नो क्लबमा भित्र्याएको उसले यसै सिजन बार्सिलोनाका लियोनेल मेस्सीलाई भित्र्याएको थियो। त्यस्तै बार्सिलोनाको मुख्य टार्गेटको रुपमा रहेका लिभरपुलका जर्जियानो विज्नालडमलाई पनि हाइज्याक गरेको थियो। बार्सिलोना जाने अन्तिम अवस्थामा रहेका विज्नालडमलाई पिएसजीले बार्सिलोना भन्दा महँगो पारिश्रमिक अफर गरेको थियो। जसकारण उनी बार्सिलोना नभई पिएसजी पुगे।

यसै बीच पिएसजीको नजर बार्सिलोनाका अर्का खेलाडी माथि पनि परेको छ। खबरका अनुसार पिएसजीले यसै सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका उस्माने डेम्बेलेलाई भित्र्याउने तयारी थालेको छ। पिएसजीले डेम्बेलेलाई फ्री ट्रान्सफरमा भित्र्याउने गरी तयारी शुरु गरिसकेको फ्रेन्च मिडियाहरुको दावी छ।

बार्सिलोनाले डेम्बेलेसँगको सम्झौता थप गर्नको लागि निरन्तर प्रयास गरिरहेको छ। तर बार्सिलोनाले गरेका प्रस्तावहरुमा डेम्बेले सन्तुष्ट हुन सकिरहेका छैनन्। यहि मौकाको फाइदा उठाएर डेम्बेलेलाई उछिट्याउने पिएसजीको दाउ छ।

स्पेनिस मिडियाहरुले गरेको दावीलाई मान्ने हो भने डेम्बेले धेरै नै उच्च परिश्रमी माग गरिरहेका छन्। डेम्बेलेले वार्षिक ४० मिलियन युरो पारिश्रमिक मागेको बताइन्छ। डेम्बेलेको माग पूरा गर्न सक्ने अवस्थामा बार्सिलोना छैन। जसकारण उनी बार्सिलोनामा रहने भन्दा पनि बार्सिलोना छाड्ने बढी सम्भावना देखिन्छ।

डेम्बेलेलाई भित्र्याउन चाहने पिएसजी एक्लो क्लब होइन। युरोपका अन्य क्लबले पनि डेम्बेलेलाई भित्र्याउन चाहेका छन्। युभेन्टस, म्यानचेस्टर युनाइटेड, बायर्न म्युनिख, लिभरपुल जस्ता क्लबहरुको नजर डेम्बेले माथि छ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१५:१६

युनाइटेडलाई यी दिग्गजको सुझाव-‘रोनाल्डोलाई बेच्दा पनि फरक पर्दैन, युवामा भरोसा गर्नुस्’