एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले उस्माने डेम्बेलेको प्रशंसा गरेका छन्। स्पेनिस कोपा डेल रेमा तेस्रो श्रेणीको लिनारेस डिपोर्टिभोमाथि जित निकालेसँगै हर्नान्डेजले डेम्बेलेको खुलेर प्रशंसा गरेका हुन्।
बुधबार राति भएको खेलमा बार्सिलोनाले तेस्रो श्रेणीको डिपोर्टिभोमाथि पूनरागमन जित निकालेको थियो। पहिलो हाफमा पछि परेको अवस्थामा समेत बार्सिलोनाले दोस्रो हाफमा अदुई गोल गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको थियो। बार्सिलोनालाई जित दिलाउनेक्रममा डेम्बेले र फेरान जुट्ग्लाले गोल गरेका थिए।
खेलपछि जाभीले पत्रकारहरुसँग कुराकानी गर्दै आवश्यक परेको अवस्थामा डेम्बेले काम आएको बताए। डेम्बेलेको प्रदर्शनबाट आफू खुशी भएको जाभीको भनाई छ। त्यसक्रममा उनले डेम्बेलेले एक गोल गर्ने मौका गुमाएको पनि उल्लेख गरे।
“हामीलाई उनको आवश्यकता थियो, र उनले आवश्यकता पूरा गरे पनि। उनको प्रदर्शनले धेरै फरक पार्यो। उनले अर्को उत्कृष्ट गोल पनि गर्न सक्थे। तर जे होस् म खुशी छु।”,जाभीले भने।
त्यसक्रममा जाभीले डेम्बेलेको सम्झौता थप गर्ने प्रक्रियामा रहेको पनि बताए। क्लब र डेम्बेले सम्झौता थप गर्ने सहमतिमा पुगिनसकेको जाभीको भनाई छ। उनले भने,”फुटबलको सन्दर्भमा, केहि पनि भन्न सकिँदैन। तर सम्झौता थपको विषयमा केहि नयाँ भएको छैन।”
डेम्बेलेलाई लिएर जाभी पहिला देखि नै सकारात्मक छन्। प्रशिक्षकमा नियुक्त हुने बितिकै जाभीले डेम्बेले आफ्नो प्राथमिकतामा रहने बताएका थिए। पहिलाका प्रशिक्षक रोनाल्ड कोम्यानले खासै महत्व नदिएपनि जाभीले डेम्बेलेलाई अलि बढी स्थान दिरहेका छन्।

