अन्तत: बार्सिलोनाले लखेट्ने नै भयो यी कीर्तिमानी स्टार खेलाडीलाई !

एस्टन भिल्ला लगायतका ६ प्रिमियर लिग टोली बार्सिलोना मिडफिल्डरलाई अनुबन्ध गर्ने दौडमा रहेको समयमा फिलिप कौटिन्हो यस साताको अन्त्यमा प्रिमियर लिग फर्किने सहमतिमा आएका छन्। लिभरपुलका पूर्व खेलाडी इङ्ल्यान्ड फर्केर नियमित रूपमा खेल्न सक्ने महत्वाकांक्षी क्लबमा अनुबन्धित हुन चाहन्छन् ।

थुप्रै क्लबहरुको आकर्षण बनेका २९ वर्षीय ब्राजिलियन स्टार खेलाडीले खेलाडीले यो साताअघि नै आफ्नो अर्को क्लब तय गर्ने बुझिएको छ। प्रिमियर लिग क्लब एस्टन भिल्ला पूर्व इन्टर स्टारको स्थिति बारेमा बार्सिलोनासँग सम्पर्कमा रहेको छ तर क्लब मालिकहरू अन्य क्लबहरूसँग बिडिङ युद्धबाट बच्न सचेत छन्।

ब्राजिलियनको तलब पनि यो सम्झौतामा निकै महत्त्वपूर्ण कारक हुन सक्छ, यद्यपि भिल्ला प्रशिक्षक स्टिभन जेरार्ड कौटिन्होका ठूला प्रशंसक हुन्, जोसँग उनले लिभरपुलमा साढे दुई वर्ष खेलेका थिए। यस सिजन बार्सिलोनाका लागि सबै प्रतियोगिताहरूमा १६ खेल खेलेका कौटिन्हो सन् २०२३ को जुनसम्म नोउ क्याम्पको सम्झौतामा छन्।

इन्टर मिलानका पूर्व खेलाडीले सन् २०१८ को जनवरीमा लिभरपुलबाट १४६ मिलियन पाउण्डमा सामेल भएपछि स्पेनिस दिग्गज क्लबको कीर्तिमानी हस्ताक्षर बनेका थिए। तर क्लबमा उनले खासै प्रभाव भने पार्न सकेनन्, १०५ खेलमा २८ गोल गर्दै ४ प्रमुख उपाधि जित्न सफल भए। उनले २०१९/२० सिजन जर्मन क्लब बार्यन म्युनिखमा लोनमा बिताए, जहाँ उनले ह्यान्सी फ्लिकको नेतृत्वमा च्याम्पियन्स लिग, बुन्डेसलिगा र जर्मन कप जितेका थिए।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१७:४९

बार्सिलोनाका यी खेलाडीलाई पिएसजीमा देख्न चाहन्छन् नेयमार, भित्र-भित्रै दिए दबाव !