बार्सिलोनाका यी खेलाडीलाई पिएसजीमा देख्न चाहन्छन् नेयमार, भित्र-भित्रै दिए दबाव !

एजेन्सी – ब्राजिलियन स्टार फुटबलर नेयमारले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई ब्राजिलका एक खेलाडीलाई भित्र्याउन दबाव दिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार नेयमारले क्याटलान क्लब बार्सिलोनामा रहेका ब्राजिलियन फुटबलर फिलिपे काउटिन्होलाई भित्र्याउन दबाव दिएका हुन्।

नेयमारले काउटिन्होलाई पिएसजीमा भित्र्याउन लगातार आग्रह गरिरहेको बताइएको छ। काउटिन्होलाई नेयमारले पिएसजीमा देख्न चाहेको र उनले क्लबलाई लगातार दबाव दिरहेको एल नेसियोनलले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

खबरका अनुसार नेयमार काउटिन्होको नजिकमा शुभचिन्तक समेत हुन्। नेयमार काउटिन्होलाई विश्वकपमा ब्राजिलको स्क्वाड भित्र देख्न चाहन्छन्। तर काउटिन्हो बार्सिलोनाको टीममा नियमित पर्न सकिरहेका छैनन्।

काउटिन्होलाई बेच्ने बार्सिलोनाको योजना

काउटिन्हो सन् २०१८ मा लिभरपुलबाट बार्सिलोना आइपुगेका हुन्। बार्सिलोनाले उनलाई धेरै नै महँगो मूल्य तिरेर ल्याएको थियो। लिभरपुलमा हुँदा निकै राम्रो प्रदर्शन गरेका उनी बार्सिलोना आएपछि भने पहिला जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। काउटिन्होलाई लगातार चोटले पनि दुख दिरहेको छ।

पूर्ण रुपमा फिट नहुँदा उनले अहिले सम्म कयौं खेल गुमाइसकेका छन्। यसका बाबजुत उनले महँगो पारिश्रमिक पाउँदै आएका छन्। जसकारणले गर्दा बार्सिलोना काउटिन्होलाई बेच्न चाहन्छ।

बार्सिलोनाले काउटिन्होलाई बेच्न चाहको यो पहिलो पटक भने होइन। यस अगाडी पनि बार्सिलोनाले उनलाई बिक्री गर्ने प्रयास गरिरहेको छ। तर महँगो पारिश्रमिकका कारण उनको ट्रान्सफरमा समस्या पैदा भइरहेको छ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१९:२७

एम्बाप्पे शत प्रतिशत रियल म्याड्रिड जाने, पेरेज ढुक्क !