एम्बाप्पे शत प्रतिशत रियल म्याड्रिड जाने, पेरेज ढुक्क !

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज पेरिस सेन्ट-जर्मेन (पीएसजी) का सुपरस्टार किलियन एम्बाप्पेको विषयमा निर्धक्क देखिएका छन्। एम्बाप्पे यस सिजनको अन्त्यसँगै रियल म्याड्रिडमा आउनेमा पेरेज ढुक्क छन् भन्ने विभिन्न संचार माध्यमहरुको दावी छ।

फ्रान्सेली पत्रिका ले टेनले गरेको दावी अनुसार एम्बाप्पे आउने सिजनको शुरुवातमै रियल म्याड्रिड पुग्छन् भन्नेमा पेरेज ढुक्क रहेका छन्। अहिले नै अग्रिम सम्झौता नगरेपनि एम्बाप्पे आउने सिजन नै रियलमा हुने पेरेजको विश्वास रहेको छ।

रियल जान मौखिक सहमति ?

एम्बाप्पेको भविष्यको टुंगो नलाग्दा विभिन्न चर्चाहरु चल्ने गरेका छन्। केहि संचार माध्यमहरुले गरेको दावी अनुसार एम्बाप्पेले आउने सिजन रियल जाने मौखिक सहमति गरिसकेका छन्।

रियल म्याड्रिडमा खेल्ने एम्बाप्पेको चाहना नभई सपना हो। उनी रियलमा खेल्न गएको धेरै समय देखि लालायित छन्। गत सिजनको अन्त्यमा उनले पिएसजी छाडेर रियल जानको लागि सक्दो बल गरेका थिए।

एम्बाप्पेकै आग्रहमा रियलले पिएसजी सामू २ सय मिलियन युरो सम्मको प्रस्ताव गरेको थियो। तर पिएसजीले २ सय मिलियन पाउँदा पनि एम्बाप्पेलाई बिक्री गर्न चाहेन। त्यसयता पिएसजीले एम्बाप्पेलाई सम्झौता थप गर्नको लागि लगातार फकाइरहेको छ। अहिले सम्म पिएसजीले एम्बाप्पे सामू कयौं प्रस्ताव राखेपनि एम्बाप्पे सम्झौता थपका लागि तयार भएका छैनन्।

प्रकाशित : बिहिबार, पुष २२, २०७८२०:५२

विपक्षीको पोस्टमा एट्लेटिकोको ५ गोल !