विपक्षीको पोस्टमा एट्लेटिकोको ५ गोल !

एजेन्सी – स्पेनिस ला लिगा टोली एट्लेटिको म्याड्रिडले सानदार जित निकाल्दै कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा स्थान बनाएको छ । एट्लेटिकोले दोस्रो डिभिजनको रायो माजदाहोन्डामाथि ५–० को फराकिलो जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

वान्डा मेट्रोपोलिटानोमा बिहीबार राति भएको खेलमा एट्लेटिकोको जितमा म्याथिअस कुन्हा, रेनान लोडी, लुइस सुआरेज, एन्टोइन ग्रिजमन र जोआओ फेलिक्सले गोल गरे । पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल भएको थियो ।

गोलको वर्षा भएको खेलको १७औं मिनेटमा म्याथिअस कुन्हाको गोलबाट एट्लेटिकोले गोलको खाता खोलेको थियो । २६औं मिनेटमा रेनान लोडीले गोलको गर्दै अग्रता दोब्बर पारे । ४१औं मिनेटमा लुइस सुआरेजले गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमा ३–० को आरामदायी अग्रता लिएको थियो ।

६७औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गरेपछि एट्लेटिको सहज जितर्फ अग्रसर बन्यो । ७९औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै एट्लेटिकोलाई ५–० को फराकिलो र सानदार जित दिलाए ।

यस्तै सेभिया, क्याडिज, इल्चे र एथलेटिको बिल्वाओले पनि कोपा डेल रेको अन्तिम १६ मा स्थान पक्का गरेको छ । सेभियाले रियल जारागोजालाई २–० ले, एथलेटिको बिल्वाओले एथलेटिको मान्चा रियललाई २–०, इल्चेले अल्मेरियालाई १–० ले तथा क्याडिजले फुयनलाब्राडालाई १–० ले पराजित गरेको छ । भिल्लारियल स्पोर्टिङ गिजोनसँग २–१ ले पराजित हुँदै बाहिरिएको छ ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८०९:४८

रोनाल्डो बिना युभेन्टसको हरि-बिजोक, एसी मिलानको उत्कृष्ट जीत !