रोनाल्डो बिना युभेन्टसको हरि-बिजोक, एसी मिलानको उत्कृष्ट जीत !

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सानदार जित निकाल्दा युभेन्ट्सले बराबरीको नतिजा निकालेको छ । मिलानले रोमालाई ३–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा मिलानको जितमा ओलिभर जिरुउड, जुनियर मेसिएस र राफयल लियोले गोल गरे । रोमाका ट्याम्मी अब्राहमले एक गोल फर्काए ।

मिलानोमा बिहीबार राति भएको खेलको आठौं मिनेटमा जिरुउडको पेनाल्टी गोलबाट मिलानले सुरुवाती अग्रता लिएको थियो । १७औं मिनेटमा जुनियर मेसिएसले गोल गर्दै मिलानको अग्रता दोब्बर पारे । ४०औं मिनेटमा ट्याम्मी अब्राहमले गोल गरेपछि खेल पहिलो हाफमा २–१ को अवस्थामा पुगेको थियो ।

दोस्रो हाफमा रोमा १० खेलाडीमा समेटिन पुग्यो । ७४औं मिनेटमा रिक कार्सड्रप दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । ८२औं मिनेटमा राफयल लियोले गोल गरेपछि मिलानले खेलमा ३–१ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो । उनले ज्लाटन इब्राहिमोभिचको पासमा गोल गरेका थिए ।इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा रोमा ९ खेलाडीमा समेटिन पुग्यो । जियान लुका मान्सिनी दोहोरो पहँेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसमै प्राप्त पेनाल्टीमा ज्लाटन चुके ।

यो जितसँगै मिलानले शीर्षस्थानको इन्टर मिलानसँगको अंक दुरी १ मा छोट्याएको छ । मिलानको २० खेलबाट ४५ अंक पुगेको छ । एक खेल कम खेलेको इन्टरको ४६ अंक छ । पराजित रोमा ३२ अंकसहित सातौ स्थानमा छ ।

अर्काे खेलमा युभेन्ट्सले घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरी खेलेको छ । युभेन्ट्सले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको हो । नेपोलीका ड्रिएस मेर्टिन्सले गोल गर्दा युभेन्ट्सका फेडरिको चिइसाले बराबरी गोल फर्काएका थिए ।

टुरिनमा बिहीबार राति भएको खेलको २३औं मिनेटमा मेर्टिन्सको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिएको थियो । उनले माटियो पोलिटानोको पासमा गोल गरेका थिए । ५४औं मिनेटमा फेडरिको चिइसाले गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।

यो बराबरीसँगै युभेन्ट्स २० खेलबाट ३५ अंक जोडेर पाँचौ स्थानमा रहँदा नेपोली ४० अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८११:००

अन्ततः पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भए जिदान !