लगातार दुई दिन घटेपछि धेरै सस्तो भयो सुन, आज ३५ दिनकै सस्तो !

काठमाडौँ – साताको अन्तिम दिन आज सुनको मूल्य आज घटेको छ। साताको पहिलो दिन देखि नै घटबढ हुँदै आएको सुनको मूल्य साताको अन्तिम दिन आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ७ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ७ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार १ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी सुनको मूल्य आइतबार ७ सय रुपैंयाँले बढ्दा सोमबार ३ सय रुपैंयाँले घटेको थियो। मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैंयाँले घटेपनि बुधबार तोलामा ६ सय रुपैंयाँले बढ्दा बिहिबार ५ सय रुपैंयाँले घटेको थियो।

सुन एक महिना भन्दा बढी समयकै सस्तो

पछिल्लो गिरावटसँगै सुन एक महिना भन्दा बढी समयकै महँगो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज कायम भएको मूल्य मङ्सिर १७ गते यताकै महँगो हो। सुन ३५ दिनकै सस्तो भएको महासंघको भनाई छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा रु १० ले घटेको छ। चाँदी आज १ हजार २ सय २५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१०:५५

कौटिन्हो बार्सिलोनाबाट आउट, एस्टन भिल्लामा जान तयार भए !