‘मेस्सीले पोचेटिनोलाई दह्रो झाप्पड हाने’

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सी माथि क्लबका प्रशिक्षक माउरिसियो पोचेटिनोलाई अपमान गरेको आरोप लागेको छ। पिएसजीका एक पूर्व खेलाडीले मेस्सी माथि पोचेटिनोलाई अपमान गरेको आरोप लगाएका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा पिएसजीका पूर्वखेलाडी जेरोम रोथेनले कोरोना भाइरस संक्रमणको विषयमा माउरिसियो पोचेटिनोलाई जानकारी नगराएर मेस्सीले अपमान गरेको आरोप लगाए।

नयाँ वर्ष अगाडी लियोनेल मेस्सीमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। कोरोना भाइरस संक्रमण भएपछि उनी अर्जेन्टिनामै रहन बाध्य भएका थिए। सो विषयमा मेस्सीले पोचेटिनोलाई सिधा जानकारी नगराएको बताइन्छ।

क्लबका प्रशिक्षकलाई मेस्सीले जानकारी नगराएर अपमान गर्न खोजेको रोथेनको बुझाई छ। आफ्नो स्वास्थ्य अवस्थाको बारेमा क्लबका प्रशिक्षकलाई जानकारी नदिएर मेस्सीले झापड हानेको रोथेनले बताए।

“पोचेटिनोलाई लियोनेल मेस्सीले अपमान गरिरहेका छन्। यस्तो अपमान साहना सक्ने उनी बलियो मानिस रहेछन्। मेरो विचारमा केलियन एम्बाप्पेले जति पोचेटिनोलाई सम्मान कसैले गर्दैन।”,रोथेनले भने।

क्लबका प्रशिक्षकलाई सबै खेलाडीले आफ्नो अवस्था बारे जानकारी गराउनु पर्ने रोथेनले बताए। प्रशिक्षक भन्दा माथि कुनै पनि खेलाडी हुन नसक्ने रोथेनको भनाई छ। प्रशिक्षकलाई सम्मन गर्न नसक्ने टीम कहिले पनि सफल हुन नसक्ने पनि उनले बताए।

उनले भने,”प्रशिक्षक सबै भन्दा माथि हुनुपर्छ। स्टार होस् वा युवा खेलाडी सबैले सम्मान गर्नुपर्छ। यदि तपाई आफ्नो प्रशिक्षकलाई सम्मान गर्नुहुन्न भने तपाई सफल हुन सक्नुहुन्न।”

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:१६

पीएसजीमा मेस्सीको बसाई एक सिजन भन्दा नहुने, फेरी बार्सिलोना नै आउने !