‘बतास काण्ड’मा दीपकको झट्टारो, देउवालाई पनि छाडेनन् !

काठमाडौँ – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिइएको विषय यति बेला चर्चा छ। यति बेला यस विषयले मिडिया देखि सामाजिक संजाल सबैमा स्थान पाइरहेको छ।

नारायणहिटी दरबार भित्रै रेष्टुरेन्ट सञ्चालन गर्न दिइएको पाइएपछि यस विषयको चर्को आलोचना भएको थियो। जनस्तरबाट आलोचना भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सो निर्णय रद्द गर्न निर्देशन दिसकेका छन्। साथै सो बारे छानबिन गर्न समिति गठन समेत भइसकेको छ।

बतास समूहमा प्रधानमन्त्री शेरबहदुर देउवाकी पत्नी आरजु राणा देउवाको नाम समेत आएपछि उनले स्पष्टीकरण समेत दिसकेकी छन्। बतास समूहमा आफ्नो कुनै पनि संलग्न नरहेको उनको भनाई छ।

यसै बीच चर्चित हाँस्यकलाकार दीपक राज गिरीले यस विषयमा व्यंग्यात्मक प्रतिक्रिया जनाएका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा गीतका केहि अंश राख्दै प्रतिक्रिया जनाएका हुन्।

“ओलीका पालामा हिट गीत– यति चोखो यति मीठो… देउवाको पालाको हिट गीत– चल बतास चल चल अझै वेगले चल।”,दीपकले सामाजिक सञ्जालमा लेखेका छन्। स्मरण रहोस्, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा यति समूहलाई काखी च्यापेको आरोप लाग्ने गरेको थियो।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:४२

केहि दिन देखि बिरामी प्रचण्डमा कोरोनाको पुष्टि !