लिभरपुल छाडेपछि रियल र बार्सिलोना मध्ये एक क्लबमा जान सलाहलाई सुझाव !

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलका लेजेण्ड रोबर्ट पिरेसले लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाहले लालिगामा पनि राम्रो गर्न सक्ने बताएका छन्। एक अन्तर्वार्ताका क्रममा सलाह बारे बोल्दै पिरेसले सलाहको लालिगामा राम्रो सम्भावना रहेको बताए।

आफ्नो धारणा राख्दै उनले सलाहले लिभरपुल छाडेको खण्डमा लालिगा जानुपर्ने बताए। लालिगाका शिर्ष क्लब बार्सिलोना र रियल म्याड्रिड सलाहका लागि धेरै राम्रो हुने पिरेसको भनाई छ।

पिरेस सलाहका लागि रियल म्याड्रिड भन्दा पनि बार्सिलोना राम्रो हुने मान्छन्। बार्सिलोनाका प्रशिक्षक जाभीसँग सलाहले राम्रोसँग काम गर्न सक्ने पिरेसले बताए। जाभीले कतारमा काम गरिसकेका कारण सलाहलाई उनीसँग सहज हुने पिरेसको बुझाई छ।

“मोहम्मद सलाहको भविष्य उनकै हातमा छ। उनले जे चाहन्छन् त्यहि हुन्छ। तर उनले लिभरपुल छाड्न चाहेको खण्डमा भने उनका लागि रियल म्याड्रिड र बार्सिलोना ठीक हुन्छ। नयाँ अनुभव लिन चाहन्छन् भने यी दुई मध्ये एक क्लबमा जाँदा राम्रो हुन्छ। भन्नै पर्दा बार्सिलोनामा सलाहलाई अझ बढी सहज होला। किनकि जाभीसँग उनको राम्रो सम्पर्क हुनेछ।”,पिरेसले भने।

लिभरपुलका सलाह सम्झौताको अन्तिम समयमा छन्। लिभरपुलसँग सलाहको सम्झौता लगभग १८ महिनाका लागि मात्र बाँकी छ। सम्झौता थपका लागि दुवै पक्षबीच लगातार छलफल भइरहेको छ। तर दुवै पक्ष कुनै सहमतिमा पुग्न भने सकिरहेका छैनन्।

लिभरपुल आएयता उच्चस्तरको प्रदर्शन गरिरहेका सलाह राम्रो पारिश्रमिक चाहन्छन्। तर सलाहले माग गरेजति पारिश्रमिक दिन लिभरपुल तयार छैन। जसकारण सम्झौता थपका छलफलहरु निष्कर्षमा पुग्न सकिरहेका छैनन्।

प्रकाशित : शनिबार, पुष २४, २०७८१५:०८

आर्सनल लेजेण्डको नजरमा एम्बाप्पे हुन् विश्वका उत्कृष्ट खेलाडी, त्यसपछि यी दुई उत्कृष्ट !