एजेन्सी – प्रिमियर लिग क्लब आर्सनलका लेजेण्ड रोबर्ट पिरेसले हालको अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी किलियन एम्बाप्पे रहेको बताएका छन्। एक अन्तर्वाताका क्रममा उनले अहिलेको अवस्थामा एम्बप्पे जति उत्कृष्ट कोहि पनि नरहेको बताएका हुन्।
अन्तर्वार्ताका क्रममा पिरेसले एम्बाप्पे केभिन डे ब्रुइन र मोहम्मद सलाह भन्दा पनि उत्कृष्ट रहेको बताए। उनका अनुसार हालको अवस्थामा सबै भन्दा उत्कृष्ट एम्बाप्पे हुन् भने त्यसपछि म्यानचेस्टर सिटीका केभिन डे ब्रुइन र लिभरपुलका मोहम्मद सलाह पर्छन्।
“मेरो नजरमा हालको अवस्थामा विश्वको उत्कृष्ट पिएसजीका किलियन एमबाप्पे हुन्। त्यसपछि प्रिमियर लिगका दुई स्टार आउँछन्। एम्बाप्पे पछि सिटीका केभिन डे ब्रुइन र लिभरपुलका मोहम्मद सलाह एम्बाप्पे पछिका उत्कृष्ट खेलाडी हुन्।”,पिरेसले भने।
पिरेसले लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाहले लालिगामा पनि राम्रो गर्न सक्ने पनि बताएका छन्। आफ्नो धारणा राख्दै उनले सलाहले लिभरपुल छाडेको खण्डमा लालिगा जानुपर्ने बताए। लालिगाका शिर्ष क्लब बार्सिलोना र रियल म्याड्रिड सलाहका लागि धेरै राम्रो हुने पिरेसको भनाई छ।
“मोहम्मद सलाहको भविष्य उनकै हातमा छ। उनले जे चाहन्छन् त्यहि हुन्छ। तर उनले लिभरपुल छाड्न चाहेको खण्डमा भने उनका लागि रियल म्याड्रिड र बार्सिलोना ठीक हुन्छ। नयाँ अनुभव लिन चाहन्छन् भने यी दुई मध्ये एक क्लबमा जाँदा राम्रो हुन्छ। भन्नै पर्दा बार्सिलोनामा सलाहलाई अझ बढी सहज होला। किनकि जाभीसँग उनको राम्रो सम्पर्क हुनेछ।”,पिरेसले भने।