हालाण्ड भित्र्याउने योजनाबाट युनाइटेड ब्याक ! किन ?

एजेन्सी – नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई अनुबन्ध गर्ने लामो समय देखिको योजना देखि प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पछाडी हटेको छ। गएको महिनाहरुमा क्लबमा भएका विभिन्न परिवर्तनपछि युनाइटेड हालाण्ड भित्र्याउने योजनाबाट पछि हटेको हो।

बेलायती संचार माध्यमहरुका अनुसार ओले गुन्नार सोल्साए प्रशिक्षकबाट हटाइएसँगै हालाण्ड युनाइटेड आउने सम्भावना क्षिण बन्दै गएको छ र हालाण्ड आफैं पनि प्रिमियर लिग आउने पक्षमा छैनन्। हालाण्ड प्रिमियर लिग आउन नचाहेको थाहा पाएसँगै युनाइटेड ब्याक भएको बताइन्छ।

हालाण्ड इच्छुक छैनन् युनाइटेड जान

हालाण्ड धेरै कारणले गर्दा युनाइटेड जना इच्छुक छैनन्। पछिल्ला वर्षहरुमा हालाण्ड जुन अवस्थाबाट गुज्रिरहेको छ त्यसले हालाण्डलाई त्यहाँ जानबाट रोकिरहेको छ। हालाण्डक एजेन्ट मिनो राइओला समेत हालाण्डलाई युनाइटेडमा पठाउने पक्षमा नरहेको खेल मिडियाहरु बताउँछन्। त्यस्तै क्रिस्टियानो रोनाल्डो युनाइटेडमा नरहेका कारण पनि हालाण्ड त्यहाँ नजाने बताइन्छ।

लालिगा जाने हालाण्डको चाहना

हालाण्डले आफूलाई प्रिमियर लिगमा भन्दा लालिगामा देखिरहेका छन्। प्रिमियर लिगमा भन्दा लालिगामा आफ्नो भविष्य राम्रो हुने हालाण्डको बुझाई रहेको छ। र उनी नजिकका व्यक्तिहरुले पनि उनलाई लालिगामा जान सुझाव दिरहेका छन्।

प्रकाशित : शनिबार, पुष २४, २०७८१९:२८

मेस्सीलाई टक्कर दिएका खेलाडी माथि लिभरपुलको नजर, यति ठूलो रकम तिर्न तयार !