मेस्सीलाई टक्कर दिएका खेलाडी माथि लिभरपुलको नजर, यति ठूलो रकम तिर्न तयार !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले पोर्टोका कोलम्बियाली स्ट्राइकर लुइस डियाजलाई भित्र्याउन प्रयास गर्ने भएको छ। क्लबका महत्वपूर्ण स्ट्राइकरहरु अफ्रिकन कपमा व्यस्त भएका बेला लिभरपुलले डियाजलाई भित्र्याउने प्रयास गर्न लागेको हो।

विभिन्न संचार माध्यमहरुका अनुसार डियाजलाई सक्दो छिटो अनुबन्ध गर्ने लिभरपुलको तयारी रहेको छ। लिभरपुलले यहि ट्रान्सफर विन्डोमा अनुबन्ध गर्न चाहेको खेलाडीहरुको सूचीमा डियाज सबै भन्दा माथि रहेको बताइन्छ।

डियाजका पोर्टोमा धेरै राम्रो प्रदर्शन गरिरहेका छन्। गएको सिजन धेरै नै राम्रो प्रदर्शन गरेका उनले जारी सिजनमा अपनी आफ्नो उत्कृष्ट लयलाई कायम राखेका छन्। जारी सिजनमा उनले पोर्टोका घरेलु लिगका १५ खेल खेल्दा १२ गोल गरिसकेका छन् भने ३ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगका लागि उनले ६ खेलमा २ गोल गरेका छन्।

क्लब स्तरीय प्रतियोगितामा मात्र नभई देशस्तरीय प्रतियोगितामा पनि डियाज राम्रो प्रदर्शन गरिरहेका छन्। कोपा अमेरिकामा समेत उनले धेरै राम्रो प्रदर्शन गरेका थिए। सो प्रतियोगितामा डियाजले ४ गोल गरेका थिए। सो गोल संख्या लियोनेल मेस्सीले गरे बराबर हो। प्रतियोगितामा मेस्सीले पनि ४ गोल नै गरेका थिए।

पोर्टोमा डियाजको रिलिज कल्ज ८० मिलियन युरो रहेको इएसपिएनको दावी छ। तर लिभरपुल डियाजलाई त्यो भन्दा कम मूल्यमा चाहन्छ। लिभरपुल डियाजका लागि ७० मिलियन युरो सम्म तिर्न रहेको छ।

प्रकाशित : शनिबार, पुष २४, २०७८२१:२८

बेन्जेमा र भिनिको जोडीले फेरी कमाल गर्यो, रियलको सानदार जित !