लियोन विरुद्धको खेल अगाडी पिएसजीलाई झड्का, मेस्सी सहित ११ खेलाडी उपलब्ध नहुने ! को-को ?

एजेन्सी – फ्रेन्च लिग वानको महत्वपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन(पिएसजी)ले आइतबार राति लियोनको सामना गर्दैछ। कोरोना भाइरस संक्रमण र चोटका कारण धेरै खेलाडी उपलब्ध नरहेको अवस्थामा पिएसजीले लियोनको सामना गर्न लागेको हो। खेल लियोनको घरेलु मैदानमा हुनेछ।

आइतबारको खेल पिएसजीका लागि धेरै नै कठीन हुनेछ। लियोन विरुद्धको खेलमा पिएसजीका धेरै खेलाडीहरु अनुपस्थित रहनेछन्। पछिल्लो अपडेटका अनुसार लियोन विरुद्धको खेलमा लियोनेल मेस्सी समत हुने छैनन्।

क्रिसमस मनाउन अर्जेन्टिना गएका बेला कोरोना भाइरस संक्रमण भएका मेस्सी लियोन विरुद्धको खेलमा उपलब्ध हुने न्यून सम्भावना रहेको छ। कोरोना भाइरस संक्रमणबाट मुक्त भइसकेपनि मेस्सी पूर्णरुपमा फिट छैनन्।

एघार खेलाडी बिना उत्रनुपर्ने अवस्थामा पिएसजी

पिएसजीका आठ खेलाडी घाइते वा बिरामी छन् भने तीन खेलाडी अफ्रिकन कपका कारण उपलब्ध हुनेछैनन्। अचराफ हाकिमी, अबाउ डियालो र इड्रिसा गुआई यति बेला अफ्रिकन कपका लागि क्यामरुनमा छन्। हाकिमी मोरक्कोको प्रतिनिधित्व गरिरहेका छन् भने डियालो र गुआई सेनेगलको प्रतिनिधित्व गरिरहेका छन्।

त्यस्तै बिरामी वा चोटका कारण मेस्सीका अलावा एन्जल डि मारिया, जुलियन ड्राक्सलर, ड्यानिलो परेरा, लेभिन कुर्जावा, जियानलुइगी डोनारुमा, लेक्जेन्डर लेटेलियर र नेयमार पनि लियोन विरुद्धको खेलमा उपलब्ध हुने छैनन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८०९:४४

लेवान्डोस्कीको नाक मुनीबाट अर्को अवार्ड पड्काउने दाउमा मेस्सी, अन्तत: लेवालाई दिए दनक !