मङ्सिर १७ गते यता कै सस्तो सुनको भाउ, आज कति ?

काठमाडौँ – शुक्रबार घटेको सुनको मूल्य आज साताको पहिलो दिन भने स्थिर रहेको छ। गत साताको पहिलो दिन देखि नै घटबढ हुँदै आएको सुनको मूल्यमा साताको अन्तिम दिन शुक्रबार ७ सय रुपैयाँको भारी गिरावट आएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य शुक्रबार कै भाउ कायम भएको छ। शुक्रबार जस्तै आज आइतबार पनि छापावाला सुनको मूल्य ९१ हजार ६ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्यमा पनि कुनै घटबढ भएको छैन। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार १ ​सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन एक महिना भन्दा बढी समयकै सस्तो

पछिल्लो गिरावटसँगै सुन एक महिना भन्दा बढी समयकै महँगो भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज र शुक्रबार कायम भएको मूल्य मङ्सिर १७ गते यताकै महँगो हो।

चाँदीको मूल्य पनि स्थिर

आज सुन मात्र नभई चाँदीको मूल्य पनि स्थिर नै रहेको छ। नेपाली बजारमा आज चाँदीको मूल्य शुक्रबार कै भाउ रहेको छ। चाँदी आज १ हजार २ सय २५ रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१२:००

लगातार घट्दै निकै सस्तो भयो सुन, ३८ दिन यता कै कम मूल्य !