लगातार घट्दै निकै सस्तो भयो सुन, ३८ दिन यता कै कम मूल्य !

नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्ने क्रम जारी रहेको छ। हप्ताको पहिलो दिन आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार पुन: गिरावट आएको छ। गत बुधबार देखि लगातार सुनको भाउ घट्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रति तोला ३ सय रुपैयाँको दरले घटेको छ। शुक्रबारको तुलनामा कुनै घटबढ नभई आइतबार तोलाको ९१ हजार ६ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज सोमबार भने ३ सयले घटेर तोलाको ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजाबी सुनको भाउमा पनि ३ सय रुपैयाँको गिरावट आएको छ। आज नेपाली बजारमा तेजाबी सुनको तोलाको ९० हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार तेजाबी सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

आज सुनको भाउ ३८ दिन यताकै सस्तो

सोमबार कायम भएको सुनको भाउ गत ३८ दिन यता कै सबैभन्दा कम रहेको छ। गत मङ्सिर १७ गते छापावाला सुन तोलाको ९१ हजार ३ सय र तेजाबी सुनको प्रति तोला ९० हजार ८ सय कायम भएको थियो। त्यसपछिका कुनै दिन पनि सुनको मूल्य आजको विन्दुमा झरेको थिएन।

चाँदीको भाउ पनि घट्यो

सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ। आइतबार १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : सोमबार, पुष २६, २०७८१२:१८

पुन: आकाशियो सुनको भाउ, एक हप्ता यता कै महँगो भयो !