यी पूर्व खेलाडी भन्छन्-‘रोनाल्डोको मुख सिलाउनु पर्ने बेला भएको छ’

म्यानचेस्टर युनाइटेडले गत समरमा क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि धेरैले २०२१/२२ सिजनमा रेड डेभिल्सले ठूला कार्नामा गर्ने अपेक्षा गरेका थिए, यद्यपि अहिलेसम्म क्लबले त्यसको एक झलक पनि देखाउन सकेको छैन।

रोनाल्डोले गरेको मनग्य गोलको बाबजुद पनि क्लबमा उनको आगमनले समग्रमा सकारात्मक प्रभाव पारेको छ कि छैन भन्ने बहस इङ्गल्याण्डमा जारी छ, र म्यानचेस्टर सिटीका पूर्व खेलाडी ट्रेभर सिन्क्लेयरले यस विषयमा आफ्नो भावना स्पष्ट गरे। सिन्क्लेयरले रोनाल्डो अहिले मैदानको मामिलामा त्यति ध्यान केन्द्रित नगरेको र क्लब वरपरका अन्य सबै मुद्दाहरू बारे शान्त रहन र फुटबलमा ध्यान केन्द्रित गर्न सल्लाह दिए।

“म सोच्न थालेको छु कि म्यानचेस्टर सिटीले क्रिस्टियानोलाई अनुबन्ध नगरेर निकै राम्रो गर्यो, मलाई साँच्चै लाग्छ,” सिन्क्लेयरले TalkSPORT लाई भने, “तपाईंले म्यानचेस्टर युनाइटेडमा निकै संघर्ष गरिरहेका केही खेलाडीहरु देख्न सक्नुहुन्छ, युवा खेलाडीहरू, सान्चो, रासफोर्ड; तिनीहरू वास्तवमै राम्रो प्रदर्शनका लागि संघर्ष गरिरहेका छन्। अवश्य पनि तपाईं [रोनाल्डोलाई दोष लगाउन सक्नुहुन्छ]। आफ्नो भूमिका जान्नुहोस्, तपाईं एक फुटबलर हुनुहुन्छ, तपाईं फुटबल क्लबको काममा हुनुहुन्छ।”

“आफ्नो मुख बन्द राख्नुहोस् किनकि कहिलेकाहीँ यो गर्नु सबैभन्दा राम्रो कुरा हो। उनले क्लबमा धेरै समस्याहरू निम्त्याइरहेका छन्। हालैका समयमा उनको गोलको कमी मात्र होइन, तर ओले [गुन्नार सोल्स्कजायर] वर्खास्त भएपछि माइकल [क्यारिक] ले उनलाई सुरुवाती ११ बाट निकाल्नु तथ्यबाट पनि थाहा हुन्छ।”

प्रकाशित : आइतबार, पुष २५, २०७८१५:०९

रियल म्याड्रिडमा वर्षौ-वर्ष बिताउने भिनिसियसको चाहना, भ्यालेन्सिया विरुद्ध जितेपछि यसो भने !