रियल म्याड्रिडमा वर्षौ-वर्ष बिताउने भिनिसियसको चाहना, भ्यालेन्सिया विरुद्ध जितेपछि यसो भने !

एजेन्सी – ब्राजिली युवा विंगर भिनिसियस जुनियरले रियल म्याड्रिडमा धेरै वर्ष बिताउन चाहेको बताएका छन्। शनिबार राति भ्यालेन्सिया विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भिनिसियसले रियल म्याड्रिडमा धेरै भन्दा धेरै वर्ष बिताउन आफूले चाहेको बताएका हुन्।

रियलका लागि खेल्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै भिनिसियसले क्लबमा धेरै वर्ष सम्म रहने संकेत गरे। उनले भने,”मड्रिडका लागि खेल्नु मेरो लागि सपना हो। म यहाँ धेरै वर्षसम्म रहन चाहन्छु।”

रियल म्याड्रिडमा भिनिसियसको सम्झौता सन् २०२५ सम्मको लागि छ। रियलले उनको सम्झौता अझ बढी समयका लागि थप गर्ने योजना बनाइरहेको छ। एबीसी स्पेनका अनुसार, भिनिसियसको रिलिज क्लज १ बिलियन युरो राखेर सम्झौता थप गर्ने रियलको योजना रहेको छ।

त्यस्तै भिनिसियसले भ्यालेन्सिया विरुद्ध आफूहरुले धेरै राम्रो खेलेको पनि बताए। सिजनभर यस्तै राम्रो फुटबल खेल्नेमा आफूहरु कटिवद्ध रहेको भिनिसियसको भनाई छ। त्यसक्रममा उनले कासेमिरो, मोड्रिच र क्रुसको खुलेर प्रशंसा समेत गरे।

“हामीले धेरै राम्रो खेल्यौं। हामीले जित्नको लागि निरन्तर यस्तै उत्कृष्ट फुटबल खेलिरहनु पर्छ। यदि कासेमिरो, मोड्रिच र क्रुसले आज जस्तै खेले भने हामी पक्कै जित्नेछौं।”,भिनिसियसले भने।

जारी सिजनमा भिनिसियस उत्कृष्ट लयमा देखिएका छन्। लालिगाका २० खेल्दा यस सिजन उनले १२ गोल गरिसकेका छन् भने ४ असिस्ट दिसकेका छन्।

प्रकाशित : आइतबार, पुष २५, २०७८१५:२९

शिर्ष चारमा उक्लिने मौका गुमेपछि जाभीले भने – ‘लाजमर्दो’