लिभरपुलले बार्सिलोनाका युवा खेलाडी गाभिमा चासो राखेको र हालको पारिश्रमिकको ५० गुणा दिन तयार रहेको बताइएको छ।
क्याटालान क्लबले जनवरीमा फेरान टोरेस र ड्यानी अल्भेसको हस्ताक्षरहरू सुरक्षित गरे तापनि अझै पनि आर्थिक समस्यामा छन्, जसको कारण टोरेस अझ क्लबमा दर्ता हुन बाँकी नै रहेको छ। फिलिप काउटिन्हो ऋणमा एस्टन भिल्लामा सामेल भएका छन् तर बार्सिलोनाले अझै पनि टोरेसलाई आधिकारिक रूपमा दर्ता गर्नको लागि क्लबको पारिश्रमिक बिल घटाउनु पर्नेछ।
यस्तोमा, एल नेशनलको एक रिपोर्ट अनुसार लिभरपुल यसको फाइदा उठाउन र ५० मिलियन रिलीज क्लज भएको गाभिलाई अनुबन्ध गर्नका लागि कदम चाल्न तयार रहेको छ। योर्गेन क्लोप १७ वर्षीय खेलाडीको फ्यान भएको बताइएको छ र लिभरपुलले स्पेनिस मिडफिल्डरको साप्ताहिक पारिश्रमिकमा ठूलो वृद्धि गर्न तयार रहेको छ।
तर गाभि भने बार्सिलोना मै बस्ने सुरमा रहेका छन्। ला मासिया उत्पादन बार्सिलोना बाहेक अन्य क्लबमा आफ्नो भविष्य देख्दैनन्। तर उनको सम्झौता नवीकरण हाल ब्याक बर्नरमा छ किनकि क्लब अन्य समस्याहरू समाधान गर्ने प्रयास रहेको छ। यो सिजन ला लिगामा १६ खेल खेलेका उनले क्लबका लागि एक पटक गोल गरेका छन् भने गत वर्षको अन्त्यमा स्पेन राष्ट्रिय टोलीबाट डेब्यु समेत गरिसकेका छन्।
जाभी गाभिको ठूलो फ्यान रहेको र उनी साथी स्पेनियार्ड्स अन्सु फाती र पेड्रिका साथै डिफेन्डर रोनाल्ड अराउजोसँगै क्लबको भविष्य हुन् भन्ने विश्वास गर्छन्। “हामीले उनको सम्झौता नवीकरण गर्न अब कार्य गर्नुपर्छ,” उनले गत वर्ष मार्कालाई भने।
गत समरमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) का लागि जिनी विजनाल्डमले क्लब छाडेपछि लिभरपुल आफ्नो मिडफिल्डलाई बलियो बनाउन तत्पर रहेको छ। कर्टिस जोन्स र थियागोले यस सिजन चोट र कोविडसँग लडिरहेका छन् जबकि जेम्स मिल्नर आफ्नो क्यारियरको ओरालो यात्रा तर्फ प्रवेश गर्दैछन्। यस्तोमा के लिभरपुलले गाभिलाई अनुबन्ध गर्न कुनै कदम चाल्न सक्छ त ?