बढ्यो ट्याक्सीको भाडादर ! कति ?

काठमाडौँ – बागमती प्रदेशमा ट्याक्सी सेवाको भाडादर वृद्धि भएको छ। ट्याक्सी सेवाको भाडादर समायोजन गर्न बागमती प्रदेश सरकारले अनुमति दिएसँगै ट्याक्सीको भाडा बढ्ने भएको हो।

श्रम, रोजगार तथा यातायात मन्त्रालयमा पुस २० गते बसेको मन्त्रिस्तरीय बैठकले बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेका ट्याक्सी सेवाको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ।

परिमार्जित भाडादरअनुसार उपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो एक किलोमिटरसम्मको यात्राको सुरु ‘फ्लाग डाउन’ ६० रुपैयाँ कायम गरिएको छ । सुरुकाे एक किलोमिटर यात्रापछि प्रति दुई सय मिटरको नौ रुपैयाँ असी पैसाका दरले थप हुनेछ।

ट्याक्सीले पूर्ण रूपमा मिटरको प्रयोग गर्नुपर्ने, ट्याक्सी प्रयोग गर्ने सेवाग्राहीलाई सवारीसाधनको नम्बर, चालकको सम्पर्क नम्बरसहितको विवरण भएको नेपाली तथा अङ्ग्रेजी भाषामा लेखिएको भिजिटिङ कार्ड उपलब्ध गराउनुपर्ने लगायतका व्यवस्था यातायात मन्त्रालयले जनाएको छ। समायोजन भएको मूल्य माघ १ गते देखि लागू हुनेछ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१८:३१

पिएसजीका सबै प्रयास गए खेर, रियल जाने नै भए एम्बाप्पे !