पिएसजीका सबै प्रयास गए खेर, रियल जाने नै भए एम्बाप्पे !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले सम्झौता सकिएपछि पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने लगभग पक्का भएको छ। आउने जुनमा सम्झौता सकिँदै गरेका एम्बाप्पेले सम्झौता सकिएलगतै पिएसजी छाड्ने पक्का जस्तै भएको हो।

एम्बाप्पे स्पष्ट रुपमा पिएसजी छाड्ने मनस्थितिमा रहेको विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। पिएसजीका कतारी लगानीकर्ता निकट विभिन्न श्रोतहरुको हवाला दिँदै खेल मिडियाहरुले एम्बाप्पे पिएसजीमा नरहने स्पष्ट भएको दावी गरेका छन्।

कतारी लगानीकर्ताका एक आफन्त नासेर अल-अटियाहले एम्बाप्पे पिएसजी छाड्ने विषयमा स्पष्ट रहेको बताएको विभिन्न खेल मिडियाहरु बताउँछन्। एम्बाप्पेले आफ्नो निर्णय पिएसजीका उच्च अधिकारीहरुलाई सुनाइसकेको बताइएको छ। नासेर अल-अटियाहले एम्बाप्पेलाई पिएसजीमा अड्याउन लगभग असम्भव जस्तै रहेको संकेत गरिसकेका छन्।

यहि वर्ष जुन पछि सम्झौता सकिने हुँदा पिएसजीले एम्बाप्पेलाई सम्झौता थपका लागि लगातार दबाव दिरहेको छ। तरपनि एम्बाप्पेले सबै प्रस्तावहरु अस्विकार गरिरहेका छन्। केहि समय अगाडी एम्बाप्पेले सार्वजनिक रुपमै पैसा सबै कुरा नहुने बताएका थिए। एम्बाप्पेको उक्त भनाईसँगै उनी पिएसजीमा रहने सम्पूर्ण सम्भावना सकिरहेको चर्चा शुरु भएको छ।

एम्बाप्पेको एकै टार्गेट छ – रियल म्याड्रिड। रियल त्यहि क्लब हो, जहाँ खेल्न एम्बाप्पे कयौं वर्ष देखि सपना देखिएका छन्। त्यस्तै एम्बाप्पे पनि रियलका मुख्य टार्गेट हुन्। रियलले गत ट्रान्सफर विन्डोमा एम्बाप्पेलाई भित्र्याउने प्रयास गरेको थियो। त्यसक्रममा रियल एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो।

प्रकाशित : आइतबार, पुष २५, २०७८१८:५३

माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस