माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौँ – देशभर कोरोना भाइरसको संक्रमण बढेपछि शैक्षिक संस्था बन्द गर्ने तयारी गरिएको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरक शैक्षिक संस्था केहि समयका लागि बन्द गर्ने तयारी गरिएको हो।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ।

कोरोना भाइरस संक्रमणदर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरिएको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले बताइन्।

शुक्रबारमात्रै प्रधानमन्त्रीसहितको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

प्रकाशित : आइतबार, पुष २५, २०७८१९:३२

अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने !