अब सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने !

काठमाडौँ – कोरोना भाइरसको संक्रमण थप बढ्न नदिन सरकारले कडि कढाउ गर्ने भएको छ। देशभर कोरोना भाइरसको संक्रमणदर बढेसँगै सरकारले कडि कढाउ गर्ने भएको हो।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले स्मार्ट लकडाउनसम्बन्धी यसअघिको कार्यविधि लागू गराउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको हो।

पछिल्लो पटक कोरोना भाइरसको संक्रमण फैलिएका बेला लागू गरिएको स्मार्ट लकडाउनसम्बन्धी कार्यविधिलाई ब्युँताइको समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपाल जानकारी दिइन्। सो कार्यविधिलाई थप कडाइका साथ कार्यान्वयन गर्नका लागि निर्देशन दिन गृह मन्त्रालयलाई सिफारिस गरिएको उनको भनाई छ।

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

त्यस्तै अब सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन पनि रोक लगाइने भएको छ। बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक स्थानमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ ।

समितिले २५ जनाभन्दा बढी सहभागी हुने गरी कुनै पनि कार्यक्रमको आयोजना नगर्न आग्रह गरेको हो। राजनीतिक दललाई भीडभाड हुने कुनै पनि भेला तथा समारोहको आयोजना नगर्न र महोत्सवलगायत कार्यक्रम नगर्न बैठकले आह्वान गरेको छ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८१९:४३

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय