माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – देशभर कोरोना भाइरसको संक्रमण बढेपछि माघ १५ गतेसम्म शैक्षिक संस्था बन्द गर्ने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ। कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभरक शैक्षिक संस्था माघ १५ गतेसम्मको लागि बन्द गर्न आइतबार बसको सीसीएमसी बैठकले सिफारिस गरेको थियो।

जसपछि मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो

कोरोना भाइरस संक्रमणदर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै माघ १५ गते सम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरिएको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले बताएकी थिइन्।

शुक्रबारमात्रै प्रधानमन्त्रीसहितको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो।

प्रकाशित : सोमबार, पुष २६, २०७८१२:२६

ह्वात्तै उकालो लाग्यो कोरोना संक्रमित हुनेको सङ्ख्या, उपत्यकामा उच्च खतरा !