ह्वात्तै उकालो लाग्यो कोरोना संक्रमित हुनेको सङ्ख्या, उपत्यकामा उच्च खतरा !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप एक हजार ४४६  जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ३३ हजार ९४६ पुगेको छ भने एन्टिजेन विधिबाट ९७ हजार ५०४ जनामा संक्रमण पुष्टि भएको छ।

थप ८ हजार ९६५ जनाको पिसिआर परीक्षण तथा २ हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार ३५७ जना तथा एन्टिजेनबाट ८९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४९ लाख ३७ हजार ५८९ जना पुगेको छ । हालसम्म ८ लाख १४ हजार ४८५ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २५५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९७ दशमलप ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७ हजार ८५५ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण २ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६०६  पुगेको छ।

उपत्यकामा ८७६ संक्रमित 

त्यस्तै, काठमाडौं उपत्यकामा मात्र ८७६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ गरी ८७६ जना थपिएका हुन्।

प्रकाशित : सोमबार, पुष २६, २०७८१७:५२

हिजो घटेको सुनको मूल्य आज बढ्यो !