मिसन एम्बाप्पेमा फाइनल ट्विस्ट: रियललाई धोका दिने, पीएसजी मै मस्त हुने !

मिसन किलियन एम्बाप्पेले फेरी नयाँ ट्विस्ट लिने सम्भावना बढेको छ। फ्रेन्च स्टार एम्बाप्पेको नाम लामो समय देखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिदै आएको छ। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग सिजनको अन्तिममा सम्झौता सकिने हुँदा २३ वर्षीय स्टार नि: शुल्क ट्रान्सफरमा रियलसँग अनुबन्ध हुने धेरैले आशा गरेका छन्।

तर पछिल्लो एक रिपोर्टका अनुसार एम्बाप्पे केसले यू-टन लिन सक्छ र विश्व विजेता स्टार खेलाडी रियल म्याड्रिडको प्रस्ताव अस्वीकार गर्दै पीएसजीसँग आफ्नो सम्झौता थप गर्न सक्छन्। फ्रान्सेली प्रकाशन ले पेरिसियनको सोमबारको रिपोर्ट अनुसार, फ्रान्सेली अन्तर्राष्ट्रिय हालको क्लबमा आफ्नो दीर्घकालीन भविष्य प्रतिबद्ध गर्ने कि नगर्ने भन्ने बारे सोचिरहेका छन्।

एम्बाप्पे माथि लामो समय देखि रियलले चासो देखाएको र एम्बाप्पेले पनि स्पेनिस दिग्गजहरूका लागि खेल्ने लामो समयदेखिको इच्छा राखेको विश्वास गरिन्छ। यद्यपि यदि सोमबार फ्रान्सेली रिपोर्टलाई मान्ने हो भने एम्बाप्पेले यो सपना होल्डमा राख्ने विचार गरिरहेका छन्। एमबाप्पेले यो सिजन फ्रेन्च लिग लिडर पीएसजीका लागि हालसम्म २४ खेलमा १३ गोल गरेका छन्, उनको पछिल्लो उपस्थिति आइतबार राति लियोनसँगको बराबरीमा आएको थियो।

रियल, यसैबीच, ला लिगामा पाँच अंकले अगाडि छ तर दोस्रो स्थानमा रहेको सेभिलासँग एक खेल हातमा रहेको छ जसले अन्तरलाई दुई अंकमा घटाउन सक्छ। चाखलाग्दो कुरा के छ भने, च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलले पीएसजी कै सामना गर्नेछ। पहिलो लेग फेब्रुअरी १५ मा फ्रान्समा तय गरिएको छ भने रिटन लेग मार्च ९ मा म्याड्रिडमा हुनेछ।

प्रकाशित : सोमबार, पुष २६, २०७८१५:०७

पीएसजीको मास्टर-प्लान: एम्बाप्पे गए, सालाह माथि हमला गर्ने !