दैनिक दुई गुणा बढ्दै कोरोना संक्रमित, उपत्यका बन्दै हट-स्पट !

काठमाडौँ –  पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा पीसीआर मार्फत कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ३५ हजार ९२७ पुगेको छ भने एन्टिजेन विधिबाट ९७ हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ।

थप १० हजार ६४८ जनाको पिसिआर परीक्षण तथा ४ हजार ३८५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएकामा पिसिआर विधिबाट एक हजार ९८१ तथा एन्टिजेनबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

हालसम्म पिसीआर परीक्षण गराउनेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ जना पुगेको छ । हालसम्म ८ लाख १४ हजार ७९८ जना कोरोना भाइरसबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३१३  सङ्क्रमित निको भएर घर फर्किएका छन् । निको हुने दर ९७ दशमलप ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ९ हजार ५२२ रहेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर जनाको कोरोना संक्रमणको कारण १ जनाको ज्यान गएको पुष्टि भएको छ। योसँगै हालसम्म कोरोना संक्रमणका कारण ज्यान जानेको सङ्ख्या ११ हजार ६०७  पुगेको छ।

उपत्यकामा १२८६ संक्रमित

पछिल्लो २४ घण्टामा  काठमाडौं उपत्यकामा १२८६ संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, भक्तपुरमा ८५ र ललितपुरमा २२१ संक्रमित थपिएका छन्।

प्रकाशित : मङ्गलबार, पुष २७, २०७८१६:३२

काठमाडौँ उपत्यकामा आज रातिबाट लागू हुने ‘स्मार्ट लकडाउन’ [१८ बुँदे आदेश सहित]