रोनाल्डो हुँदा भन्दा नहुँदा फर्नान्डेसले धेरै राम्रो खेल्छन् भन्दै भयो प्रशंसा !

MANCHESTER, ENGLAND - SEPTEMBER 11: Bruno Fernandes of Manchester United celebrates with Cristiano Ronaldo after scoring their side's third goal during the Premier League match between Manchester United and Newcastle United at Old Trafford on September 11, 2021 in Manchester, England. (Photo by Clive Brunskill/Getty Images)

एजेन्सी – म्यानचेस्टर युनाइटेड पछिल्लो खेलमा एस्टन भिल्लासँग बराबरीमा रोकियो। क्रिस्टियानो रोनाल्डो उपलब्ध नभएको खेलमा सबै भन्दा राम्रो प्रदर्शन ब्रुनो फर्नान्डेसको रह्यो। युनाइटेडको तर्फबाट भएका दुवै गोल फर्नान्डेसले गरेका थिए। भिल्ला विरुद्धको खेलमा फर्नान्डेसले धेरै समय पछि उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।

यसै बीच म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर मिका रिचर्ड्सले फर्नान्डेसको प्रशंसा गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रिचर्ड्सले फर्नान्डेसको खुलेर प्रशंसा गरेका हुन्।

रिचर्ड्सका अनुसार फर्नान्डेस क्रिस्टियानो रोनाल्डो हुँदा भन्दा नहुँदा धेरै राम्रो खेल्छन्। रोनाल्डो नहुँदा फर्नान्डेस जिम्मेवारीपूर्वक खेल्ने रिचर्ड्सको भनाई छ। भिल्ला विरुद्धको खेलमा फर्नान्डेसले आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयास गरेको रिचर्ड्सले बताए।

“भिल्ला विरुद्धको खेलमा फर्नान्डेसले एक स्थान माथि उठ्ने प्रयास गरे। फर्नान्डिस म्यानचेस्टर युनाइटेडको लागि मुख्य व्यक्ति थिए।”,रिचर्ड्सले फर्नान्डेसको पक्षमा बोल्दै भने।

बीबीसीको म्याच अफ द डेमा के रोनाल्डो नहुँदा पोर्चुगिज मिडफिल्डरले राम्रो खेल्छन् भनेर प्रश्न गरिँदा त्यसै भनेर भन्न नसकिने भएपनि रोनाल्डो नहुँदा फर्नान्डेसले जिम्मेवारीपूर्वक खेल्ने रिचर्ड्सले बताए। उनले भने,”यो भन्न गाह्रो छ तर मलाई लाग्छ कि रोनाल्डो नहुँदा उनले अलि बढी जिम्मेवारीपूर्वक खेल्छन्। र यसैले फरक पार्छ।”

त्यस्तै रिचर्ड्सले फर्नान्डेसले पर्याप्त भन्दा धेरै राम्रो भएको पनि बताए। रिचर्ड्सका अनुसार फर्नान्डेस एक गुणस्तरीय खेलाडी हुन्। मानिसहरुले फर्नान्डेसको आलोचना गर्ने गरेको भएपनि फर्नान्डेस धेरै राम्रो खेलाडी रहेकोमा रिचर्ड्स स्पष्ट छन्।

प्रकाशित : सोमबार, माघ ०३, २०७८०९:२२

लिभरपुलका फरवार्ड माथि बार्सिलोनाको नजर, आउने ट्रान्सफर विन्डोमै भित्र्याउने !