यी ४ अभिनेत्रीले शाहरुखसँग काम गर्न गरेका थिए अस्वीकार !

सुपरस्टार शाहरुख खान बलिउड उद्योगका चर्चित अभिनेता मध्ये एक हुन् । यति बेला शाहरुख खान समस्यामा परेको देखिन्छ । छोरा आर्यन खान लागु-औषध मुद्दामा पक्राउ परेका छन् । उनी हाल आर्थर रोड जेलमा छन् । मुम्बई उच्च अदालतमा जमानतको निवेदन दायर गरिएको छ। शाहरुख खानले आफ्नो प्रतिभा र मिहिनेतले दर्शकको मन जितेका छन् तर धेरै पटक यस्तो देखिएको छ कि धेरै अभिनेत्रीहरुले शाहरुख खानसँग काम गर्न अस्वीकार गरेका छन् । यसमा श्रीदेवीदेखि करिश्मा कपूर, सोनम कपूर, कंगना रनौत, दक्षिण अभिनेत्री सामन्था रुथ र हेमा मालिनीसम्मको नाम समावेश छ। आउनुहोस् जानौँ यसको पछाडिको कारण…

बलिउड लाइफको रिपोर्ट अनुसार सोनम कपुरले पनि शाहरुख खानसँग कहिल्यै काम गरेकी छैनन् । उनको विश्वास छ कि शाहरुख र उनको केमेस्ट्री पर्दामा राम्रोसँग बस्दैन। यो जोडीलाई दर्शकले पनि मन पराउँदैनन् ।

बलिउडको चर्चित अभिनेत्री कंगना रनौत ती अभिनेत्रीमध्येकी एक हुन् जसले फिल्म उद्योगका तीन खानमध्ये कसैसँग पनि काम गरेकी छैनन् । कंगना रनौतलाई फिल्म ‘जिरो’ अफर गरिएको थियो तर कंगनाले मानिनन् । कंगनाले आफू शाहरुख खानको फ्यान हुँ तर म आफ्नो सीमा कहिल्यै नबिर्सने बताइन् ।

करिश्मा कपूरले शाहरुख खानको फिल्म ‘कुछ कुछ होता है’ अस्वीकार गरिन् । करिश्मा बाहेक ट्विंकल खन्ना, रविना टण्डन, तब्बु र उर्मिला मातोन्डकरले पनि यो फिल्म गर्न अस्वीकार गरेका थिए ।

सामन्था रुथलाई साउथ फिल्म निर्देशक एटली कुमारले शाहरुख खानसँग कास्ट गर्ने फिल्म अफर गरेका थिए तर अभिनेत्रीले व्यक्तिगत कारणले फिल्म गर्न अस्वीकार गरिन् । फिल्मको नाम फाइनल नभए पनि ‘लायन’ नामबाट रिलिज हुन सक्ने बताइएको छ । यस फिल्ममा मुख्य अभिनेत्रीको भूमिका साउथ सुपर लेडी नयनतारालाई दिइएको थियो ।

धेरै मिडिया रिपोर्टहरूले दाबी गरेका छन् कि हेमा मालिनीलाई लाग्छ कि शाहरुख खान ‘ओभरएक्टिङ्ग’ गर्छन् । त्यसैले हेमा मालिनीले पनि उनीसँग काम गरेकी छैनन् ।

श्रीदेवी शाहरुख खानको फिल्म ‘जिरो’ मा अतिथि भूमिकामा देखिएकी थिइन् । यशराजको सुपरहिट फिल्म ‘डर’ मा मुख्य भूमिकाको अफर पहिले श्रीदेवीलाई भएको थियो तर अभिनेत्रीले त्यो अफर अस्वीकार गरिन् । श्रीदेवीले यस भूमिकालाई अस्वीकार गरेकी थिइन् किनभने उनले आफ्ना यसअघिका धेरै फिल्ममा यस्ता भूमिका निर्वाह गरेकी थिइन् ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८२१:१२

सनी लियोनिले अभिनेता रणदीप हुड्डाको एचआइभी परिक्षणको माग गरेपछि …