सलमान खानका अनेक चक्कर: कोहिलाई धोका दिए, कोहिले भाउनै दिएनन् !

अहिलेको समयमा बलिउड अभिनेता सलमान खानको विवाहको विषय सबैलाई चासोको विषय बनेको छ । तर कुनै समयमा यी बलिउडका चर्चित अभिनेत्री जसले सलमान खानसँग विवाह गर्न चाहन्थे ।

त्यसतैमा पहिलो अभिनेत्री हुन् संगीता बिजलानी, यो कुरा सबैलाई थाहा नै होला कुनै समयमा बलिउड अभिनेता सलमान र अभिनेत्री संगीता बिजलानी एक अर्कोलाई डेट गर्थे । यहाँ सम्मकी यी दुईले विवाहको सम्मको तयारी गरेका थिए । तर पछि अभिनेत्री संगीतालाइ थाहाँ भयो सलमान उनलाई चिट गरिरहेका छन् । त्यस पछि उनीहरुको सम्बन्ध टुटेको थियो ।

त्यस पछि दोस्रो नम्बरमा छिन् अभिनेत्री सोमी अलि, सोमी एक पाकिस्तानी कार्यक्रम प्रस्तोता थिइन् । यी दुई एक अर्कोको प्रेममा पागल जस्तै भएका थिए। त्यस समयमा सोमीको बाबु सलमान र सोमीको प्रेम सम्बन्ध विवाह गर्ने योजना सम्म पुगेको थियो तर सोमीका बाबु उनीहरुको सम्बन्धको विरुद्धमा थिए । तर विवाह हुनु भन्दा पहिले नै सोमी सलमानको केही बानी व्यवहारको कारण दिक्क भएकी थिइन् र उनले सलमान सँगको सम्बन्धको अन्त्य गरेकी थिइन् ।

त्यस्तै तेस्रो नम्बरमा छिन् बलिउडको चर्चित अभिनेत्री ऐश्वर्या राय ऐश्वर्या र सलमानको प्रेम सम्बन्धको बारेमा सायद सबै जानकार थाहा नै होला । कुनै समयमा अभिनेता सलमानले अभिनेत्री ऐश्वर्याको लागी केही अभिनेता सँग भएको झगडाले सामाजिक सञ्जाल तातेको थियो । कुनै समय यी दुई एक अर्कोको प्रेममा पागल जस्तै थिए । यी दुई एक अर्कोसँग विवाह गर्न चाहन्थे । तर सलमानको असभ्य व्यवहारबाट दिक्क भएर अभिनेत्री ऐश्वर्या आफ्नो सोच परिवर्तन गरेकी थिइन् ।

सलमानको प्रेम सम्बन्ध ऐश्वर्या पछि उनी जस्तै देखिने अर्की अभिनेत्री स्नेहा उल्लालको प्रेममा परेका थिए । स्नेहा एक चर्चित अभिनेत्री बन्ने  योजनामा थिइन् त्यसैले अभिनेत्री स्नेहा सलामलाई डेट गरिरहेकी थिइन् । र सलमान सँग विवाह गर्न निकै उत्साहित थिइन् ।

तर पछि अभिनेता सलमानलाई लाग्यो की स्नेहा सलमानसँग मात्र खान परिवारसँग जोडिन र आफ्नो करियरलाई उचाइमा पुर्याउन सम्बन्धमा प्रेम सम्बन्धमा छिन् भन्ने लाग्यो तब सालमानले स्नेहा सँगको सम्बन्धबाट टाढा भएका थिए ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८२१:१७

स्कुल पढ्दा एक केटाको यस्तो हर्कतका कारण झन्डै बेहोस भएकी थिइन् कंगना !