स्कुल पढ्दा एक केटाको यस्तो हर्कतका कारण झन्डै बेहोस भएकी थिइन् कंगना !

बलिउड अभिनेत्री कंगना रनौतको जन्म सन १९८७ मा भएको थियो । कंगनाको परिवारक कुनै पनि सदस्य बलिउड सँग सम्बन्धित थिएन । अभिनेत्री कंगनाको हजुरबुबा राजनीतिक सँग सम्बन्धित प्रशासनिक सेवाका अधिकृत थिए । कंगना डाक्टर बनोस् भन्ने उनको आमाबुवा चाहन्थे। तर कंगनालाई सुरुदेखि नै पढाइप्रति लगाव थिएन।

उनले चण्डीगढमा १२ कक्षासम्मको शिक्षा पूरा गरे। यसपछि उनकी आमाले उनको विवाहका केटाहरू खोज्न थालिन् । तर कंगना अभिनेत्री बन्न चाहन्थिन् । त्यसैले उनी चण्डीगढबाट दिल्ली भागेर कसैलाई जानकारी नदिई आइन र मोडलिङ एजेन्सीमा आवद्ध भइन् । कंगनाले आफ्नो अभिनय करियर दिल्लीको अस्मित थिएटरबाट सुरु गरेकी थिइन् । यो अवधिमा कंगनाले कठिन संघर्षबाट गुज्रनु परेको थियो तर उनले हार मानिनन् ।

यसैबीच कंगनाको भेट निर्माता महेश भट्टसँग भयो जसले उनको क्षमतालाई बुझे र उनलाई अनुराग बसु निर्देशित फिल्म’ग्याङ्गस्टर’ मा मौका दिए। कंगनाले यो अवसरलाई राम्ररी सदुपयोग गरिन् र आफ्नो सबै प्रतिभा सबैमाज देखाइन् । यस फिल्ममा कंगनाको अभिनयको सबैले तारिफ गरेका छन् । र कंगनालाई वर्षको सर्वश्रेष्ठ अभिनेत्री महिला डेब्यूको लागि फिल्मफेयर अवार्ड दिइयो। यसपछि कंगनाले पछाडि फर्केर हेरिनन् र अगाडि बढिन् ।

अब अभिनेत्री कंगनाको व्यक्तिगत जीवनको बारेमा भन्नु पर्दा एक पटक बलिउड भिनेता आमिर खानको टिभी शो ‘सत्यमेव जयते’ मा कंगनाले आफूसँग भएको एउटा डरलाग्दो घटना भएको बताएकी थिइन् । उनी एक पटक स्कुलबाट साइकलमा घर फर्कदै थिइन् ।

त्यस समयमा अभिनेत्री कंगनालाई पछाडिबाट एउटा केटा मोटरसाइकलमा आएर उनीहरुलाई लखेट्न थाले । कंगनाले बताइन् कि केटाले कंगनासँग दुर्व्यवहार गर्ने प्रयास गरे तर जब त्यस केटा यसमा सफल हुन सकेनन् तब त्यसले कंगनाको छातीमा जोडले मुक्का हान्यो त्यसपछि कंगना सडकमै बेहोस भइन् । कंगना बेहोस भएको देखेर त्यो केटा त्यहाँबाट भागेको थियो ।

प्रकाशित : शनिबार, माघ ०८, २०७८२१:१९

यी हुन् क्रिस्चियनबाट हिन्दु बनेका चर्चित कलाकार !