यी हुन् क्रिस्चियनबाट हिन्दु बनेका चर्चित कलाकार !

एजेन्सी : हिन्दु धर्मलाई संसारको सबैभन्दा पुरानो धर्म मानिन्छ। संसारका धेरै मानिसहरु हिन्दु धर्मको विचार र संस्कृतिबाट प्रभावित भएका छन्। संसारभर यसको शान्ति र अहिंसा जस्ता तत्वहरूलाई अपनाउने मानिसहरुको सङ्ख्या लाखौँ छन्। यस धर्मबाट प्रभावित भएर दीक्षा लिनेहरु पनि धेरै छन्। हरेक वर्ष हिन्दु धर्म अपनाउने मानिसहरुमा थुप्रै सेलिब्रेटीहरू पनि पर्छन्।

नयनतारा(Nayanthara) दक्षिण भारतीय चलचित्र उद्योगकी प्रसिद्ध अभिनेत्री हुन्। उनको जन्म ईसाई परिवारमा भएको थियो तर सन् २०१७ मा उनले हिन्दु धर्म अपनाईन्। यसको लागि बकायदा  उनले चेन्नई स्थित आर्यसमाज मन्दिरबाट धर्मको दीक्षा लिएकी थिईन्।

जुलिया रोबर्ट्स(Julia Roberts) बहुचर्चित हलिउड अभिनेत्री हुन्। अमेरिकामा जन्मिएकी बहुप्रसिद्ध अभिनेत्री जुलियाले नटिङ  हिल(Notting Hill), माई बेस्ट फ्रेन्ड्स वेडिङ एन इट(My Best Friend’s Wedding), ईट प्रे लव(Eat Pray Love) लगायत थुप्रै फिल्महरुमा अभिनय गरिसकेकी छिन्। ईट प्रे लवको सुटिङको क्रममा भारत जाँदा उनी हिन्दु धर्मबाट धेरै प्रभावित भईन् र हिन्दु धर्म अपनाईन्।

जोन कोल्ट्रेन (John Coltrane) एक चर्चित अमेरिकी संगीतकार हुन्। जोन क्रिश्चियन परिवारमा जन्मिएका थिए। उमेर बढेसँगै उनी बिस्तारै हिन्दु धर्मबाट प्रभावित भए र पछि पूर्ण रुपमा हिन्दु धर्म अपनाए।

ट्रेवर हल(Trevor Hall) एक अमेरिकी गायक, गिटारिस्ट र सङ्गीतकार हुन्। उनका सङ्गीत पनि हिन्दु धर्मबाट प्रभावित छन्। उनको गीतहरुमा संस्कृतका मन्त्रहरु पनि छन्। सन् २०१३ मा भारत भ्रमणमा जाँदा उनी हिन्दु धर्मबाट प्रभावित भए। त्यसपछि उनले धर्म स्वीकार गरे र भारतमै एक साधुको जीवन बिताए।

केआरएस-वन(KRS-One) को वास्तविक नाम लरेन्स क्रिस पार्कर(Lawrence “Kris” Parker) हो। उनी अमेरिकाको प्रसिद्ध र्याप गायक हुन् ।  उनले आफ्नो किताब ‘द गोस्पेल अफ हिप-हप(The Gospel of Hip Hop)’ मा उनले आफ्नो धार्मिक आस्थाबारे चर्चा गरेका छन्। उनी आफ्नो अमेरिकी र्‍यापर ग्रुप ‘बुगी डाउन प्रोडक्सन(Boogie Down Productions)’ बाट चर्चित भएका हुन्।

जेरी गार्सिया(Jerry Garcia) आफ्नो ग्रेटफुल डेड(Grateful Dead) नामको ब्याण्डबाट प्रसिद्ध भएका थिए। उनी एक अमेरिकी संगीतकार थिए र तीस वर्षसम्म ब्याण्डमा लिड गिटारिस्टको रुपमा जोडिरहे। उनको बाल्यकालदेखि नि हिन्दु धर्मप्रति झुकाव थियो र आजीवन हिन्दु धर्म पालन गरे। सन् १९९५ उनको मृत्युपछि उनको अस्थी गङ्गा नदीमा बगाईएको थियो।

एलिजाबेथ गिल्बर्ट(Elizabeth Gilbert) सन् २००६ मा आएको आफ्नो संस्मरण[ईट, प्रे, लव(Eat, Pray, Love)] बाट चर्चित भएकी हुन्। उनको यो किताब १९९ हप्तासम्मम न्युयोर्क टाइम्स पत्रिकाको बेस्ट सेलर लिस्टमा रहेको थियो। एलिजाबेथ आफ्नो सबैभन्दा प्रसिद्ध किताब लेख्नको लागि प्रेरणा खोज्न भारत गएकी थिईन्। त्यहीँ क्रममा उनले हिन्दु धर्म स्वीकार गरिन्।

सङ्गीत पारखीहरुले पक्कै जर्ज ह्यारिसन(George Harrison) को नाम सुन्नुभएकै होला। उनी बिटल्स ब्याण्ड(The Beatles Band) को मुख्य गिटारिस्ट थिए। सन् २९६० मा ह्यारिसनले ईसाई धर्म छोडेर हिन्दु धर्म अपनाएका थिए।

रसेल ब्रान्ड अँग्रेजी जगतमा आफ्नो कमेडीको कारण प्रसिद्ध छन्। उनी एक प्रसिद्ध टिभी निर्माता, लेखक र पटकथा लेखक पनि हुन्। रसेल ब्राण्ड हिन्दु धर्म सकारात्मक धारणा राख्छन् र ध्यानको कट्टर समर्थक हुन्। उनले सन् २०१० मा केटी पेरी(Katy Perry) सँग भारतको राजस्थानमा हिन्दु परम्परामा विवाह गरेका थिए।

काल पेन(Kal Penn) को जन्म हिन्दु परिवारमा भएको थियो। उनी एक अमेरिकी टिभी सिरियल ‘हाउस(House)’ बाट प्रसिद्ध भएका थिए। उनले थुप्रै फिल्महरुमा पनि अभिनय गरेका छन्। उनले अमेरिकी सरकारमा एक सिभिल सर्वेन्टको रुपमा पनि काम गरेका छन् र हिन्दु धर्मको पक्का समर्थक हुन्।

जे मासिस(J Mascis) एक गिटारिस्ट, गायक एवं बास प्लेयर हुन्। उनको नाम रोलिङ स्टोन म्यागजिनको १० महान गिटारिस्टमा पनि समावेश भईसकेको छ। सन् २००५ मा उनले आफ्नो एक एल्बम रिलिज गरेका थिए। जसको नाम ‘जे एण्ड फ्रेन्ड्स सिङ्ग एण्ड च्यान्ट फर अम्मा। (J and Friends Sing and Chant for Amma)’ थियो। यस एल्बमको गीतमा हिन्दु धर्मको एक आध्यात्मिक गुरु माता आनन्दमयीको तारिफ गरिएको थियो।

पाकिस्तानी मूलका ब्रिटिश लेखक अनवर शेख युवावस्थामा कट्टर मुस्लिम थिए। भारत विभाजनको समयमा उनले गैरमुस्लिमको ह:*_-त्या पनि गरेका थिए। पछि उनलाई यस कामको पश्चाताप अनुभव भएपछि धार्मिक ग्रन्थहरु अध्ययन गर्न थाले। र अन्तत: हिन्दु धर्ममा आफ्नो नैतिक प्रश्नका सही उत्तर पाएर हिन्दु भए। हिन्दु भएपछि उनले आफ्नो अनिरुद्ध ज्ञानशिख राखेका थिए।

भारतको बङ्गालको प्रसिद्ध वैष्णव सन्त हरिदासको जन्म एक मुस्लिम परिवारमा भएको थियो। उनले चैतन्य महाप्रभुबाट वैष्णव धर्मको दीक्षा लिएका थिए।

मिया श्रीलंकाली मूलकी हुन्। उनी एक चित्रकार, निर्देशक र गीतकार पनि हुन् । उनका गीतहरुमा हिपहप, डान्स र इलेक्ट्रोनिक संगीत धेरै हुन्छ। उनको फेमस ‘सुपर बल मिडल फिंगर’ एक्ट देवी मतंगीलाई समर्पित थियो। मतंगी एक हिन्दु देवी हुन्।

माइली साइरस(Miley Cyrus) आफ्नो सङ्गीतसँगै ड्रेसिङ सेन्सको कारण चर्चामा रहन्छिन्। केही वर्ष अघि उनले आफ्नो घरमा गरेको लक्ष्मी पूजाले सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाएको थियो।

प्रकाशित : सोमबार, माघ १०, २०७८२१:१७

विवाहपछि श्रीमानसंग रमाउँदै अभिनेत्री मौनी, देखिईन यति सुन्दर!