डेढ वर्षपछि छायाँ ग्रह राहुको ठूलो परिवर्तन, यी ३ राशि हुनेछन् मालामाल !

ज्योतिषशास्त्रका अनुसार मानव जीवनमा ग्रह र राशिको ठूलो भूमिका रहन्छ। ज्योतिषशास्त्रका अनुसार कुनै पनि ग्रहको राशि परिवर्तन हुँदा वा कुनै ग्रह अस्त वा उदाउँदा त्यसको प्रत्यक्ष असर मानव जीवनमा प्रत्यक्ष रूपमा पर्छ। वैदिक ज्योतिषशास्त्रका अनुसार १२ अप्रिल राहुले मङ्गल ग्रहको मेष राशिमा प्रवेश गर्दैछ। वैदिक शास्त्र अनुसार राहु छाया ग्रह हो। ज्योतिषशास्त्रका अनुसार छायाँ ग्रह राहुले कुनै पनि व्यक्तिलाई तलबाट माथि र माथिबाट भुइँमा लैजाने क्षमता राख्छ। यदि कुनै व्यक्तिको जन्मकुण्डलीमा राहु ग्रहको स्थान सकारात्मक छ भने उक्त व्यक्तिले सफलताको उचाइ छुन्छ। राहु ग्रहलाई एक राशिबाट अर्को राशिमा सर्न करिब १८ महिना लाग्छ। अप्रिल १२ को दिन राहु ग्रहले मेष राशिमा प्रवेश गर्दैछ। राहुको यो गोचरले कतिपय राशिका लागि अशुभ प्रभाव ल्याउने छ भने केही राशिका मानिसका लागि धेरै शुभ प्रभाव ल्याउनेछ। जान्नुहोस् यी राशिका बारेमा…..

मिथुन राशि 

मिथुन राशिका लागि राहुको गोचरले आर्थिक लाभ दिनेछ। मिथुन राशिका व्यक्तिहरूका लागि व्यापारमा प्रगति र लाभको सम्भावना छ। यस राशिका व्यक्तिहरूले आफ्नो कार्य वा रुचिको क्षेत्रमा केही ठूलो जिम्मेवारी प्राप्त गर्नेछन्। यदि तपाईं कुनै पनि व्यवसायसँग आवद्ध हुनुहुन्छ भने तपाईंको व्यवसाय विस्तार हुनेछ। मिथुन राशिका व्यक्तिहरुको आम्दानीमा वृद्धि हुनेछ। आम्दानीको स्रोत बढ्ने सम्भावना छ।

कर्कट राशि 

राहु ग्रहको यो परिवर्तन धेरै फलदायी रहनेछ। व्यापार व्यवसायको क्षेत्रमा यस अवधिमा विशेष लाभ प्राप्त हुनेछ। कर्कट राशिका व्यक्तिहरुलाई कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ। नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूका लागि यो राम्रो समय रहेको छ। करियरमा परिवर्तन, उच्च सफलता र नयाँ उच्च स्तरको काम हुने देखिन्छ। तसर्थ, सरकारी जागिरको तयारीमा लागेका यस राशिका व्यक्तिहरूका लागि यो वर्ष विशेष लाभदायी साबित हुनेछ।

कुम्भ राशि 

मेष राशिमा राहुको गोचरले कुम्भ राशि हुनेहरुको आर्थिक अवस्था राम्रो रहनेछ। आम्दानी बढ्ने सम्भावना छ। कुम्भ राशिका व्यक्तिहरू जो शनिसँग सम्बन्धित फलाम वा तेलको व्यापार गरिरहेका छन् उनीहरूका लागि लगानीको समय राम्रो छ। कामको खोजीमा रहेका कुम्भ राशीका व्यक्तिले मन लागेको काम पाउने सम्भावना छ। यस अवधिमा तपाईंलाई भाग्यको पूर्ण साथ मिल्नेछ।

प्रकाशित : आइतबार, माघ ०९, २०७८११:३८

चिप्लो घसेर आफ्नो काम लगाउनमा माहिर हुन्छन् यी ५ राशि, बचेर नै रहनुहोस् !