बार्सिलोनाले भित्र्याउन चाहेको बारे ओस्कारले मुख खोले ! के भने ?

एजेन्सी – ब्राजिली मिडफिल्डर ओस्कार डोस सान्तोषले क्याटलान क्लब बार्सिलोना र उनका एजेन्टहरु बीच कुराकानी भएको पुष्टि गरेका छन्। एक अन्तर्वार्ताक क्रममा ओस्कारले बार्सिलोनाका अधिकारीहरु र उनका प्रतिनिधिबीच कुराकानी भएको स्विकार गरेका हुन्।

टिएनटि स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा ओस्कारले बार्सिलोनाले उनका प्रतिनिधिहरुलाई सम्पर्क गरेको खुलासा गरे। त्यससम्बन्धमा उनका प्रतिनिधिहरुले जानकारी गराएको ओस्कारको भनाई छ।

“हो, मलाई हालसालै थाहा भयो। बार्सिलोनाले मेरो एजेन्टलाई सम्भावनाको बारेमा जान्नको लागि सम्पर्क गरेको रहेछ। मार्च सम्म चीनमा फुटबल नहुने थाहा पाएर उनीहरुले सम्पर्क गरेका रहेछन्।”,ओस्कारले भने।

ओस्करले बार्सिलोना भित्री रुपमा तयारी गरिएको पनि बताए। नयाँ खेलाडी अनुबन्ध गरेर लालिगामा दर्ता गराउन बार्सिलोनालाई समस्या भइरहेको तर्फ बार्सिलोनाको ध्यान केन्द्रित भएको ओस्कारको भनाई छ।

उनले भने,”बार्सिलोनाको चासो बारे मलाई जानकारी गराइएको छ। मलाई लाग्छ कि बार्सिलोना अझै केहि खोज गर्न र तयारी गर्न प्रयास गरिरहेको छ। नयाँ खेलाडी दर्ता गर्न उनीहरुलाई समस्या भइरहेको छ।”

बार्सिलोनाले ओस्कारको वर्तमान क्लबसँग भने छलफल गरिसकेको छैन। त्यसबारे ओस्कार आफैंले पनि स्पष्ट पारे। उनले भने,”मेरो क्लबसँग अहिलेसम्म उनीहरुले छलफल भने गरेका छैनन्।”

ओस्कार सन् २०१७ मा इंग्लिस क्लब चेल्सीबाट ६ करोड युरोपमा चिनिया क्लब सांघाईमा पुगेका थिए । युरोपियन फुटबलमा फर्कनको लागि ओस्कारले आफ्नो पारिश्रमिक घटाउन चाहेका छन् । बार्सिलोनामा आबद्ध भए उनी २०१७ पछि युरोपियन फुटबलमा फर्कनेछन् ।

चेल्सीमा रहँदा उनले दुई प्रिमियर लिगको उापधि जितेका थिए । ओस्कारले चिनिया सुपर लिग र एक सुपर कप जितेका छन् । उनले ब्राजिलका लागि ४८ खेल खेल्दा १२ गोल गरेका छन् ।

प्रकाशित : सोमबार, माघ १०, २०७८१४:२९

लेवान्डोस्की बायर्नबाट आउट ?