छिट्टै लोकप्रिय हुन्छन् यी ३ राशि हुनेहरु, नेतृत्व गर्न हुन्छन् खप्पिस !

काठमाडौँ : लोकप्रियता एक यस्तो चिज हो, जुन हरकोहीँ हासिल गर्न चाहन्छन्। यसले कुनै पनि व्यक्तिको व्यक्तित्व दर्शाउँछ। ज्योतिष शास्त्रमा कुन राशिको जातक छिट्टै लोकप्रिय हुन्छ भनेर बताईएको छ। ज्योतिष शास्त्र अनुसार तीन राशिका जातक लोकप्रियताको मामिलाममा सबैभन्दा अगाडी रहन्छन्। लोकप्रियता बाहेक यी राशिले सम्मान पनि राम्रो पाउँछन्। यी राशिका जातकमा नेतृत्वकलामा पनि निपुण हुन्छन्।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका जातक सबैमाझ अत्यन्तै लोकप्रिय हुन्छन्। यस राशिका जातक निकै मिलनसार पनि हुन्छन्। आफ्नो यस गुणको कारण सिंह राशिका जातकले सबै ठाउँहरुमा खास पहिचान बनाउँछन्। सिंह राशिका जातकमा नेतृत्व क्षमता पनि अरु भन्दा बढी हुन्छ। नेतृत्व क्षमताको बलमा यस राशिसँग सम्बन्धित अरु पनि लोकप्रिय हुन्छन्।

मीन राशि  – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

मीन राशिका जातक स्वार्थी हुँदैनन्। जसकारण यस राशिका जातक निकै लोकप्रिय हुन्छन्। यस राशिका जातकमा रचनात्मक गुणको भण्डार हुन्छ। रचनात्मक गुणको कारण मीन राशिका जातक लोकप्रियताको मामिलामा अरु भन्दा अगाडी हुन्छन्। बौद्धिक क्षमताको मामिलामा पनि मीन राशिका जातक अरु भन्दा अलग हुन्छन्।

मिथुन राशि  – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिका जातक अत्यन्तै दयालु हुन्छन्। आफ्नो दयालु प्रवृतिको कारण यस राशिका जातकलाई मानिसहरुले असाध्यै मन पराउनेछन्। यस बाहेक लोकप्रियताको मामिलामा पनि यस राशिका जातक अरु भन्दा अगाडी रहन्छन्। साथै मिथुन राशिका जातकमा सहयोगको भावना धेरै हुन्छ। यहीँ गुणको कारण मिथुन राशिका जातकले आफ्नो अलग पहिचान बनाउँछ।

प्रकाशित : सोमबार, माघ १०, २०७८२१:२३

यी ४ राशि हुने युवतीहरुले पाउँछन् धनी साथै बुद्धिमान पति !