यी ४ राशि हुने युवतीहरुले पाउँछन् धनी साथै बुद्धिमान पति !

काठमाडौँ : ज्योतिष शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनी पति पाउने गर्छन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : मेष राशि हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : कन्या राशि हुने युवतीहरु पनि धेरै भाग्यशाली हुने गर्छन्। यस राशि हुने युवतीहरुलाई पनि आफूले खोजेको जस्तो पति मिल्ने गर्छन्। आर्थिक रुपमा धनी मात्र नभई विवेकमा पनि धनी पति मिल्ने हुँदा कन्या राशि हुने युवतीहरुको वैवाहरिक जीवन धेरै सुखद हुन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : धनु राशि हुने महिलाहरु आफै पनि छिट्टै धनी बन्ने गर्छन्। यस्तै यस राशि हुने युवतीहरुलाई धनी मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ। सामाजिक रुपमा धेरै प्रतिष्ठा भएको पति मिल्ने हुँदा यस राशि हुने युवतीहरु जीवनमा धेरै खुसी हुने गर्छन्।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : मकर राशि हुने महिलाहरुलाई पनि अत्याधिक भाग्यशाली मान्ने गरिन्छ। आफ्नो मिहिनेतमा विश्वास गर्ने यस राशिका युवतीहरुलाई जहिले पनि भाग्यले साथ दिने गर्छ। धनी पति मिल्नुका साथै धेरै माया गर्ने परिवार मिल्ने हुँदा मकर राशि हुने महिलाहरु विवाह पनि धेरै सुख प्राप्त गर्छन्।

प्रकाशित : सोमबार, माघ १०, २०७८२१:३०

कोशिश गर्दा-गर्दै पनि सफलता पाउनुभएन भने यो हेर्नुहोस् !