कोशिश गर्दा-गर्दै पनि सफलता पाउनुभएन भने यो हेर्नुहोस् !

काठमाडौँ : जसरी आचार्य चाणक्य उनको ज्ञान र नीतिको लागि चिनिन्छन्, ठिक त्यसरी नै महाभारतको एक यस्ता पात्र छन्, जसले आफ्नो ज्ञानको दममा समाजमा आफ्नो पहिचान बनाए। ती महान विभूति अरु कोहीँ नभएर प्राचीन कालका महात्मा विदुर हुन्। जसले महाभारत युद्धमा खास भूमिका निभाएका थिए।

खासमा उनले युद्ध त लडेका थिएनन् तर युद्ध सम्बन्धी नीतिहरु धृतराष्ट्रलाई बताएका थिए। जुन त्यतिबेला मात्र उपयोगी नभई अहिले पनि उत्तिक्कै प्रासंगिक छ। उनको नीति शास्त्र विदुर नीतिको नामले चिनिन्छ। उनले आफ्नो नीतिमा सफल हुनुको राज बताएका छन्।

अहंकार त्याग्दिनुहोला

विदुर जीका अनुसार अहंकारले व्यक्तिलाई पतन गर्न सबैभन्दा अहम भूमिका निर्वाह गर्छ। यदि यसको उदाहरणको कुरा गर्ने हो भने हिन्दु धर्मको शास्त्रमा यस्ता थुप्रै पात्र छन्, जसको सटिक उदाहरण काफी छ। चाहे ती रावण हुन्, कंस या फेरि हिरणाकश्यप नै किन नहोस्।

वाणीमा संयम हुन् आवश्यक

केही मानिस जानी नजानी केही यस्ता कुरा बोल्छन्, जसले अरुको भावनामा चोट पुर्याउनुको साथै तिनले बोलेको शब्दले व्यक्तिमा नराम्रो प्रभाव पनि पर्न सक्छ। यसकारण बोल्नु अघि धेरै सोचविचार गर्नुपर्छ ताकि बोलेको शब्दले कसैको दिलमा ठेस नपुगोस्।

त्यागको भावना राख्नुहोला

जो मनुष्यले त्यागको भावना राख्छन्, तिनले समाजमा श्रेष्ठताको दर्जा प्राप्त गर्छन्। यति मात्र हैन उनीहरुलाई पूजनीय र वन्दनीय पनि मानिन्छ। यसको उदाहरण हो पुरुषोत्तम भगवान श्री राम जसले आफ्नो पिताको वचन पालना गरी अयोध्याको राजपाठ त्यागेका थिए।

यी हुन् मनुष्यको सबैभन्दा ठुलो शत्रु

विदुरजीका अनुसार लालच र स्वार्थ मनुष्यको सबैभन्दा ठुलो शत्रु हुन्। जुन व्यक्तिको मनमा लालच र स्वार्थ हुन्छ, तिनीहरु कसैको नजरमा पनि राम्रो बन्न सक्दैनन्। यदि लालच र स्वार्थबाट कुनै मनुष्यले सफलता पाए भने त्यो शीघ्र पतन हुन्छ।

योबाट पनि टाढै रहनुहोला

विदुरजीका अनुसार क्रोधले व्यक्तिलाई विवेकहीन बनाउँछ। यसको कारण नै हिँसाको जन्म हुन्छ। क्रोधी व्यक्ति सधैँ अरुसँग लडाई-झगडा गरिरहन्छन्। जसले तिनको समाजमा छवि नकारात्मक हुन्छ र बिस्तारै सबैसँग सम्बन्ध टुट्छ।

प्रकाशित : सोमबार, माघ १०, २०७८२१:५७

शनिको राशिमा ५ ग्रहको ‘महासंयोग’ : ३ राशिका जातक रहनुस् सतर्क, हुनेछ अत्यधिक धन हानि