लगातार उकालो लाग्दै सुनको भाउ, भयो १२ दिन यता कै महँगो !

नेपाली बजारमा आज सुनको भाउ उकालो लागेको छ। बुधबार लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको हो। मंगलबारको तुलनामा बुधबार नेपाली बजारमा ३ सय रुपैयाँले सुनको भाउ उकालो लागेको हो।

सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु ९२ हजार ६०० थियो ।

बुधबार कायम भएको सुनको मूल्य पछिल्लो १२ दिन यता कै महँगो रहेको छ। माघ १३ गते छापावाला सुन तोलाको ९३ हजार ५ सय र तेजाबी सुनको मूल्य ९३ हजार कायम भएको थियो। जसपछिका कुनै दिन पनि सुनको भाउ आजको विन्दुमा पुगेको थिएन।

त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : बुधबार, माघ २६, २०७८१२:१९

लगातार पाचौं दिन पनि बढ्यो सुनको भाउ, १६ दिन यता कै महँगो !