लगातार पाचौं दिन पनि बढ्यो सुनको भाउ, १६ दिन यता कै महँगो !

नेपाली बजारमा लगातार पाँचौं दिन पनि सुनको भाउ उकालो लागेको छ। हप्ताको अन्तिम कारोबार दिन सुनको भाउमा बिहिबारको तुलनामा एक सय रुपैयाँको सामान्य वृद्धि आएको छ। हप्ताको पहिलो दिन देखि नै लगातार सुनको भाउमा हरेक दिन वृद्धि आएको हो।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला रु ९३ हजार ४०० तोकिएको थियो ।

सुन १६ दिन यता कै महँगो 

शुक्रबार कायम भएको सुनको मूल्य पछिल्लो १६ दिन यता कै सबैभन्दा महँगो रहेको छ। यसअघि माघ १२ गते छापवाला सुनको भाउ तोलाको ९४ हजार ४ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय कायम भएको थियो। जसपछिका कुनै पनि दिन सुनको भाउ आजको विन्दुमा पुगेको थिएन।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८० कायम भएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१२:०५

जाल्पा लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, यहाँ हेर्नुहोस् नतिजा !