जाल्पा लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, यहाँ हेर्नुहोस् नतिजा !

काठमाडौँ – जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बाँडफाँड गरेको छ। लघुवित्तले आइतबार अपरान्ह आइपीओको बाँडफाँड गरेको हो।

बाँडफाँड टाइम्स स्क्वायर रेष्टुरेन्ट, बालुवाटार, काठमाडाैँमा आयोजित एक कार्यक्रममा बीच बाँडफाँड सम्पन्न भयो। गोलाप्रथाबाट गरिएको बाँडफाँडमा शेयर लक्की नम्बर ८ निस्किएको थियो।

माघ २१ गतेदेखि सर्वसाधारणका लागि खुल्ला भएको आइपीओका लागि २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन परेको थियो। त्यसमध्येका २५ लाख ८७ हजार ४ सय १२ आवेदन योग्य थिए।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड २२ लाख मूल्य बराबरको पाँच लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपीओ)को बिक्री खुल्ला गरेको थियो।

निष्काशन भएको साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो भने जारी पूँजीको शुन्य दशमलव पाँच प्रतिशत अर्थात् आठ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको थियो। बाँकी चार लाख ८७ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

शेयर बाँडफाँड हुँदा ४८ हजार ७ सय ९० जनाले १० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी २५ लाख ३८ हजार भन्दा बढीको हात रित्तै भएको छ।

कसरी हेर्ने नतिजा  ?

आइपिओको नतिजा सिडिएससीको वेबसाइट (https://iporesult.cdsc.com.np/) बाट हेर्न सकिन्छ । जसको लागि सिडिएससीको वेबसाइटमा गएर कम्पनि सेलेक्ट गरि 16-digit BOID मा आफ्नो डिम्याट नम्बर राखेर हेर्न सकिन्छ। साथै बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइट (https://results.prabhucapital.com/) मा गएर पनि नतिजा हेर्न सकिनेछ। नतिजा प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइटमा उपलब्ध भइसकेको छ।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१७:४५

हिजो ४ सय ५ दिनकै महँगो भएको सुनको मूल्य आज घट्यो !