भोलि फाल्गुन १० गते मंगलबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् राशिफल!

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मन निकै चंचल रहनेछ। यसैकारण कुनै पनि महत्वपूर्ण काम पूरा हुनेछैन। प्रतिस्पर्धिको सामना गर्नेपर्ने हुन्छ। तर नयाँ कार्य गर्नको लागि प्रेरणा  मिल्नेछ। बौद्धिक वा तार्किक चर्चामा भाग लिनुहुनेछ। साहित्य लेखनको लागी दिन राम्रो हुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

जिद्दी गर्नुको सट्टा समाधानकारी रहनुहोला।  यात्राको आयोजन गर्नुहुनेछ। भाईबन्धु ,प्रेम तथा सहयोग मिल्नेछ। कलाकार ,कारागार र लेखकले आफ्नो प्रतिभा  दर्शाउने अवसर पाउनेछ। स्वास्थ्य राम्रो रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

आर्थिक दृष्टिले लाभदायक दिन रहेको छ। शारीरिक र मानसिक रूपले ताजगी र प्रसन्नता अनुभव गर्नुहुनेछ। स्वादिष्ट भोजन र राम्रो कपडा लगाउनुहुनेछ। मित्र तथा आफन्तसँग दिन आनंदपूर्वक बिताउनुहुनेछ। आर्थिक लाभ हुनेछ। तपाईको मनमा आउने नकारात्मक विचारलिई खतम गर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

मनमा खिन्नता र भयको अनुभव गर्नुहुनेछ। परिवारमा मतभेद हुनाले पारिवारिक वातावरण तनावपूर्ण रहनेछ।  मनमा द्विधा रहनेछ। मानसिक रुपले  बेचैन रहनेछ। बोलीमा ध्यान राख्नुहोला। स्वास्थ्यको ध्यान राख्नुहोला। अत्यधिक खर्च हुनेछ। मानहानि हुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापारमा लाभ र आय वृद्धि हुनेछ। उत्तम भोजन प्राप्त हुनेछ । साथीसँग रमणीय स्थानमा जानुहुनेछ। स्त्री मित्र विशेष सहायक बन्नेछ। वृद्द तथा ठुलो मान्छेबाट सहयोग प्राप्त हुनेछ। कुनैशुभ प्रसंग हुन सक्छ। वैवाहिक जीवन राम्रो रहनेछ तथा श्रीमतीको सहयोग मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ काम गर्ने योजना पूरा हुनेछ। व्यपारी र पेसा गर्ने व्यक्तिको लागि दिन लाभदायक रहेको छ। उच्च पदाधिकारीको कृपादृष्टि रहनेछ। पदोन्नति हुने अवसर रहनेछ। पिताको तर्फबात लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण खुशीमय रहनेछ। व्यावसायिक कार्यबाट बाहिर जान सक्नुहुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य गर्ने  कोसिस गर्नुहुनेछ। बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनुहुनेछ। तीर्थ यात्रामा जानुहुनेछ। विदेशमा रहने मित्र वा आफन्तको समाचार प्राप्त गर्नुहुनेछ। सहकर्मीको सहयोग मिल्नेछ। सन्तानको चिन्ताले सताउनेछ। कुनै पी चर्चा वा वाद-विवादमा नउत्रिनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। पेटमा समस्या हुनेछ। शारीरिक र मानसिक रुपले अस्वस्थ्य रहनुहुनेछ। रिस नियन्त्रण गर्नुहोला। कुनै पनि अनैतिक काम तथा सरकार विरोधी कामबाट ताढा रहनुहोला। पानीबाट टाढा रहनुहोला।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

दिन सुख- शान्ति र आनन्दमा बिताउनुहुनेछ। स्वादिष्ट भोजन तथा नयाँ कपडा प्राप्त गर्नुहुनेछ। विपरीत लिंगीय व्यक्ति तर्फ विशेष आकर्षण रहनेछ र भेट रोमाञ्चक रहनेछ।  विचार स्थिर रहनेछैन। सार्वजनिक जीवनमा मान- सम्मान मिल्नेछ। उत्तम वैवाहिक सुख  प्राप्ति हुनेछ  ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

स्वास्थ्य राम्रो रहनेछ। यश, कीर्ति मिल्नेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ। व्यापारको विकासको लागी दिन फलदायक साबित हुनेछ। धन लाभको योग रहेको छ। सहकर्मीको  सहयोग मिल्नेछ। कानूनी मामलामा दखल नगर्नुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

वैचारिक रुपले निराश रहनुहुनेछ। महत्त्वपूर्ण निर्णय नलिनुहोला। यात्रा- प्रवासमा समस्या हुन सक्छ। निर्धारित कार्य पूरा नभएको कारण निआर्श रहनुहुनेछ। मन अशान्त रहनेछ। पेटमा पीडा हुनेछ। सन्तानको पढाई सम्बन्धि चिन्ता रहनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे,दो, च, चि (Pisces)

ताजगी र स्फूर्तिको अभाव रहनेछ। आमाको स्वास्थ्य खराब हुन सक्ला। आफन्त तथा मित्रसँग  वाद- विवाद होला। कुनै समस्या तथा विरोधी परिस्थिको कारण शारीरिक मानसिक स्वास्थ्य खराब हुन सक्छ। स्त्री तथा पानीबाट सावधान रहनुहोला ।

 

 

 

प्रकाशित : मङ्गलबार, फागुन १०, २०७८१८:१४

नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो !