नेष्डो समृद्ध लघुवित्तको आईपीओ खुल्यो !

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आईपीओ निष्कासन तथा विक्री आजबाट खुला हुने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला भएको छ।

कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ८ लाख २८ हजार ७५० कित्ता शेयरमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ भने बाँकी ७ लाख ७४ हजार ५६३ कित्ता शेयर सार्वजनिक निष्कासनमा आएको हो ।

कम्पनीको उक्त आईपीओमा छिटोमा फागुन १५ गते र ढिलोमा फागुन २५ गतेसम्म आवेदन दिन सकिनेछ । आवेदकले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस अघिको आईपोओमा परेको आवेदनको प्रवृत्ति हेर्दा छिटोमा फागुन १५ गते नै यो आईपीआमा आवेदन दिने मिति बन्द हुने देखिन्छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी ( आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर बीबी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको चुक्तापूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ रहेको छ । आईपीओ बाँडफाँटपश्चात कम्पनीको चुक्तापूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८०८:४२

“पहिले लाग्थ्यो मेस्सी बेस्ट हुन्, तर हैन रहेछ, मेस्सी भन्दा त रोनाल्डो धेरै राम्रा रैछन्”