भोलि हुने भयो राष्ट्र उत्थान लघुवित्तको आइपिओ बाँडफाँड ! कतिको भाग्य चम्किएला ?

काठमाडौँ – राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड बिहिबार हुने भएको छ। फागुन ४ गते देखि फागुन ८ सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड बिहिबार हुने भएको हो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो शून्य भने दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता साधारण शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो। बाँकी सात लाख ९४ हजार ५०० कित्ता सर्वसाधारणको भागमा परेको थियो।

अन्तिम दिनसम्ममा २६ लाख २६ हजार ९० जना आवेदकहरुबाट ३ करोड ४ लाख ३१ हजार ३७० कित्ता शेयर माग भएको थियो। यो माग भए भन्दा ३८ गुणा बढी आवेदन हो। बाँडफाँड पश्चात ७९ हजार ४ सय ५० जनाको भाग्य चम्किनेछ।

कम्पनीको हाल चुक्ता पूँजी रु १७ करोड ५० लाख रहेकामा सर्वसाधारणलाई खरिदका लागि खुला गरेको शेयरको बाँडफाँडपश्चात चुक्ता पूँजी रु २६ करोड पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपि आइआर बिबी’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१५:१८

पल शाह विरुद्ध समीक्षाले दिइन् उजुरी, छिट्टै पक्राउ पर्ने !