पल शाह विरुद्ध समीक्षाले दिइन् उजुरी, छिट्टै पक्राउ पर्ने !

काठमाडौँ – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। शाह विरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको हो।

शाह विरुद्ध गायिका समीक्षा अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको बताइएको छ। शाहविरूद्ध परेको जाहेरी दर्ता भई कानुनी प्रक्रियामा गइसकेको गण्डकी प्रदेश प्रहरीले जनाएको छ।

यस अगाडी गायिका अधिकारीले जिल्ला प्रहरी कार्यालय, कास्कीमा जाहेरी दिने प्रयास गरेकी थिइन्। तर त्यहाँ जाहेरी दर्ता नभएपछि तनहुँमा जाहेरी दिएकी हुन्।

म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको गायिका अधिकारीको आरोप रहेको छ। गायिका अधिकारी नाबालिका रहेकी छन्। उनको उमेर १७ वर्ष मात्रै छ।

नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि जबर्जस्ती करणी ठहरिन्छ। यस्तोमा शाह विरुद्धको आरोप पुष्टि भएमा मुलुकी अपराध संहिता २०७४ अनुसार कारवाही हुनेछ।

प्रकाशित : बुधबार, फागुन ११, २०७८१७:३९

अभिनेता पल शाहविरुद्ध जाहेरी दर्ता, दोषी ठहरिए १२ वर्षसम्म हुनसक्छ जेल सजाय !