मंगलको राशि परिवर्तन विशेष लाभ हुने, कुन राशिलाई कस्तो प्रभाव पर्ला शुभ-अशुभ जान्नुहोस् !

मंगल ग्रहलाई भूमि, साहस, पराक्रमको कारक ग्रह मानिन्छ । जसले २६ फ्रेब्रुवारी २०२२ मा राशि परिवर्तन गर्दैछ । मंगल ग्रह धनु राशिबाट निस्किएर शनि देवको राशि मकर राशिमा प्रवेश गर्नेछन् । जहाँ शनि ग्रह पहिले देखि नै अवस्थित छन् । मंगल ग्रह ७ अप्रिल सन् २०२२ सम्म यस राशिमा रहनेछ। शनिको राशिमा मंगल ग्रहको प्रवेशले सबै १२ राशिको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। सबै राशिमा मंगल गोचरको प्रभाव कस्तो हुनेछ । जान्नुहोस्….

मेष राशि

मङ्गलको गोचरले मेष राशिका मानिसलाई लाभ मिल्नेछ। करियरमा प्रगति हुनेछ । तर, लगानीकर्ता तथा व्यवसायीले ठूला कारोबारमा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

वृष राशि

मङ्गलको राशि  परिवर्तनले  वृष राशिका व्यावसायी हरुलाई ठूलो लाभ हुनेछ । साथै रोजगारीका लागि समय सामान्य रहनेछ। सम्बन्धहरूमा धैर्य राख्नुहोस्।

मिथुन राशि

मिथुन राशिका व्यक्तिहरूलाई यस  राशि  परिवर्तनको समयमा करियरमा समस्या आउन सक्छ। व्यापारीहरु पनि सचेत हुनुपर्छ । इमानदार र धैर्य वान हुनुहोस् जसको कारण  तपाईले सफलता पाउनुहुनेछ।

कर्कट राशि

कर्कट राशिका व्यक्तिहरूले सफलताको लागि यस समयमा धेरै मेहनत गर्नुपर्नेछ र त्यसको तुलनामा कम फल प्राप्त हुनेछ। ७ अप्रिल २०२२ सम्म नयाँ काम सुरु नगर्नुहोस् वा कसैसँग विवादमा नपर्नुहोला ।

सिंह राशि

मंगलको राही परिवर्तन  सिंह राशिका लागि यो समय राम्रो छ। करियरमा सफलता मिल्नेछ । धन लाभ हुनेछ । शत्रुहरु परास्त हुनेछन् । सबै ठाउँमा आफ्नो प्रभुत्व हुनेछ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूले धैर्यताका साथ काम गर्नुपर्छ। करियरमा सफलता पाउन केही समय लाग्नेछ । अन्य अवस्थामा समय औसत छ।

तुला राशि

तुला राशिका व्यक्तिहरूलाई मंगलको कृपाले नयाँ काम प्राप्त हुनुको साथै धन प्राप्त हुनेछ। तर समय,अ करियरको लागि होसियारीपूर्वक हिड्ने समय रहेको छ ।

वृश्चिक राशि

वृश्चिक राशि हुनेहरुका लागि मंगल ग्रहको राशि परिवर्तनले कममा धेरै मिहिनेत गर्नु पर्ने हुन्छ  तर सफलता अवश्य मिल्नेछ । समय समग्रमा राम्रो छ।

धनु राशि

धनु राशिका व्यक्तिहरूले अप्रिल ७ तारिकसम्म लगानी र बोलचालमा सावधानी अपनाउनुहोला अन्यथा समस्यामा पर्न सक्छ ।

मकर राशि

मकर राशिका व्यक्तिहरूले यस अवधिमा सोच विचार गरेर काम गर्नुपर्छ। क्रोध बढ्नेछ। यो समयमा अचल सम्पत्ति किन्नको लागि राम्रो समय हो।

कुम्भ राशि

कुम्भ राशिका लागि यो समय राशि परिवर्तनको कारण काममा बाधा आउनेछ । यसका कारण परिश्रम बढी र प्रतिफल कम हुनेछ । आफ्नो क्रोधलाई नियन्त्रण गर्नु राम्रो हुनेछ ।

मीन राशि

मङ्गलको राशि परिवर्तनले मीन राशिका व्यक्तिहरूलाई करियरमा सफलता र पदोन्नति दिनेछ। आम्दानी पनि बढ्नेछ । समय राम्रो रहनेछ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१२:५५

फरार अभिनेता पल शाहको अन्तिम लोकेसन काठमाडौँको बालकुमारी !