फरार अभिनेता पल शाहको अन्तिम लोकेसन काठमाडौँको बालकुमारी !

आजबाट अभिनेता पल शाह अभिनेत चलचित्र ‘म तस्तो गीत गाउँछु २’ प्रदर्शनमा आएको छ । तर अभिनेता पल शाहभने अहिले अज्ञात छन् । अभिनेता पल शाहको विरुद्धमा बुधबार गायिका समिक्षा अधिकारीले जिल्ला तनहुँ प्रहरीमा जबर्जस्ती करणी मुद्दामा उजुरी दिएकी छिन् । त्यस समयपछि काठमाडौंको शान्तिनगर बस्दै आएका थिए ।

अहिले उक्त्त घटनापछि अभिनेता पल शाह फरार छन् । अभिनेले बिहिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गर्दै आफुलाई केही मानिसको समुहले फसाउन खोजेको भन्दै एक पोस्ट सार्वजनिक गरेका थिए उक्ता पोस्टमा अभिनेताले केही मानिसको नाम साहित केही अडियो क्लिप पनि सार्वजनिक गरेका थिए ।

अहिले आफूलाई निर्दिष बताएपनि अभिनेता अहिले फरार छन् र उनलाई काठमाडौँ प्रहरीले खोजी गरिरहेको छ । प्रहरीक अनुसार अभिनेताको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारी देखिएको थियो तर प्रहरी उक्त्त स्थानमा पुग्दा अभिनेता त्यस स्थानमा पाउन सकेन । अहिले अभिनेताले प्रयोग गर्दै आएको सबै मोबाइल अफछ ।  अभिनेताको अन्तिम पटक ललितपुरको  र काठमाडौँ  सीमामा पर्ने बालकुमारीबाट आफ्नो मोबाइल अफा गरेका थिए  ।

प्रकाशित : शुक्रबार, फागुन १३, २०७८१३:१२

आज फाल्गुन १४ गते शनिबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल !